• साउन २, २०८२
  • No Comment
  • 162

चिङ्गाडमा ट्याक्टर दुर्घटना: चालकको निधन, ३ जना घाइते

चिङ्गाड गाउँपालिका–३ स्थित अवलघुवानी घिन्जुडे भन्ने स्थानमा ढुङ्गा लोड गर्न गएकाे ट्याक्टर दुर्घटनामा परि एक जनाकाे ज्यान गएको छ भने तीन जना घाइते भएका छन्। शुक्रबार बिहान करिब १०:३० बजेको समयमा ट्याक्टर अनियन्त्रित भई झण्डै ५० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो। ट्याक्टरमा चालकसहित ४ जना सवार थिए।

दुर्घटनामा गम्भीर घाइते भएका चालकको उपचारका लागि लैजाँदै गर्दा बाटोमै निधन भएको जिल्ला प्रहरी कार्यालय  चिङ्गाडले जनाएको छ। अन्य घाइतेहरुको प्राथमिक उपचार मटेलास्थित स्वास्थ्य चौकीमा भइरहेको छ भने गम्भीर अवस्थामा रहेका दुईजनालाई थप उपचारका लागि प्रदेश अस्पताल कालागाउँ रिफर गर्ने तयारी भइरहेको जनाइएको छ। ट्याक्टरमा सवार एक जना भने सकुशल रहेका छन्। स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सहयोगमा उद्धार गरिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

सुर्खेतबाट हराएका एकै परिवारका तीन बालबालिका सकुशल फेला

वीरेन्द्रनगर, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरबाट हराएका एकै परिवारका तीन बालबालिका सकुशल अवस्थामा फेला परेका छन् । जिल्ला कालिकोट रास्कोट नगरपालिका–८ घर…
यूएईले अस्थायी रूपमा बन्द गर्‍यो हवाई क्षेत्र

यूएईले अस्थायी रूपमा बन्द गर्‍यो हवाई क्षेत्र

काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावका बीच संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको जनाएको छ ।…
यी सातथरी मानिसले पिउनुहुँदैन ग्रीन टी, तपाईं पनि पर्नुहुन्छ कि ?

यी सातथरी मानिसले पिउनुहुँदैन ग्रीन टी, तपाईं पनि पर्नुहुन्छ…

 काठमाडौं । पछिल्लो समय स्वस्थ जीवनशैली अपनाउने क्रमसँगै ग्रीन टी पिउने मानिसहरूको संख्या उल्लेखनीय रूपमा बढेको छ । तौल नियन्त्रणदेखि शरीरलाई…

Leave a Reply

Your email address will not be published. Required fields are marked *