• साउन २, २०८२
  • No Comment
  • 102

चिङ्गाडमा ट्याक्टर दुर्घटना: चालकको निधन, ३ जना घाइते

चिङ्गाड गाउँपालिका–३ स्थित अवलघुवानी घिन्जुडे भन्ने स्थानमा ढुङ्गा लोड गर्न गएकाे ट्याक्टर दुर्घटनामा परि एक जनाकाे ज्यान गएको छ भने तीन जना घाइते भएका छन्। शुक्रबार बिहान करिब १०:३० बजेको समयमा ट्याक्टर अनियन्त्रित भई झण्डै ५० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो। ट्याक्टरमा चालकसहित ४ जना सवार थिए।

दुर्घटनामा गम्भीर घाइते भएका चालकको उपचारका लागि लैजाँदै गर्दा बाटोमै निधन भएको जिल्ला प्रहरी कार्यालय  चिङ्गाडले जनाएको छ। अन्य घाइतेहरुको प्राथमिक उपचार मटेलास्थित स्वास्थ्य चौकीमा भइरहेको छ भने गम्भीर अवस्थामा रहेका दुईजनालाई थप उपचारका लागि प्रदेश अस्पताल कालागाउँ रिफर गर्ने तयारी भइरहेको जनाइएको छ। ट्याक्टरमा सवार एक जना भने सकुशल रहेका छन्। स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सहयोगमा उद्धार गरिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…
भारतको राजस्थानमा चलिरहेको बसमा भीषण आगलागीः २० भन्दा बढी यात्रुको मृत्यु, धेरै घाइते

भारतको राजस्थानमा चलिरहेको बसमा भीषण आगलागीः २० भन्दा बढी…

राजस्थानको जैसलमेरमा हिजो बेलुका चलिरहेको एसी बसमा लागेको भीषण आगलागीमा २० भन्दा बढी यात्रुको मृत्यु भएको खबर आएको छ। बसमा सवार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *