• असार ३२, २०८२
  • No Comment
  • 89

एमाले सचिवालय बैठक भोलि बस्दै, महाधिवेशन तयारीमा केन्द्रित

 नेकपा (एमाले)ले भोलि (बिहीबार) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा सचिवालय बैठक बस्ने भएको छ। बैठक साउन २ र ५ गते तय गरिएको पोलिटब्युरो तथा केन्द्रीय कमिटी बैठकको तयारीका लागि बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र प्रसाद गौतमले जानकारी दिएका छन्। बैठकमा पार्टीको आगामी महत्त्वपूर्ण कार्यसूची, विशेषगरी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने विद्यान महाधिवेशनको तयारीबारे छलफल हुने जनाइएको छ।

महाधिवेशन नजिकिँदै जाँदा पार्टीभित्र आन्तरिक ध्रुवीकरण देखिएको छ। एक पक्षले पार्टीमा ७० वर्ष उमेरहद र दुई कार्यकालभन्दा बढी नेतृत्वमा बस्न नपाउने व्यवस्था गर्नुपर्ने माग गरिरहेको छ भने, अध्यक्ष केपी शर्मा ओली निकट समूहले भने सो प्रावधान पहिले नै खारेज भइसकेको दाबी गरेको छ। सचिवालय बैठकले यी विवादास्पद विषयहरूमाथि पनि प्रारम्भिक छलफल गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *