• असार ३२, २०८२
  • No Comment
  • 165

एमाले सचिवालय बैठक भोलि बस्दै, महाधिवेशन तयारीमा केन्द्रित

 नेकपा (एमाले)ले भोलि (बिहीबार) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा सचिवालय बैठक बस्ने भएको छ। बैठक साउन २ र ५ गते तय गरिएको पोलिटब्युरो तथा केन्द्रीय कमिटी बैठकको तयारीका लागि बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र प्रसाद गौतमले जानकारी दिएका छन्। बैठकमा पार्टीको आगामी महत्त्वपूर्ण कार्यसूची, विशेषगरी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने विद्यान महाधिवेशनको तयारीबारे छलफल हुने जनाइएको छ।

महाधिवेशन नजिकिँदै जाँदा पार्टीभित्र आन्तरिक ध्रुवीकरण देखिएको छ। एक पक्षले पार्टीमा ७० वर्ष उमेरहद र दुई कार्यकालभन्दा बढी नेतृत्वमा बस्न नपाउने व्यवस्था गर्नुपर्ने माग गरिरहेको छ भने, अध्यक्ष केपी शर्मा ओली निकट समूहले भने सो प्रावधान पहिले नै खारेज भइसकेको दाबी गरेको छ। सचिवालय बैठकले यी विवादास्पद विषयहरूमाथि पनि प्रारम्भिक छलफल गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

कस्ता व्यक्तिले कफी पिउनु हुँदैन ?  

कस्ता व्यक्तिले कफी पिउनु हुँदैन ?  

कफी संसारभरि लोकप्रिय पेय पदार्थमध्ये एक हो। धेरै मानिसको दिन कफीबाट सुरु हुन्छ भने कतिपयले दिनभरि थकान हटाउन वा ऊर्जा बढाउन…
किन नेपाल आए अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल ?

किन नेपाल आए अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल ?

काठमाडौँ — अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल जोएल बी. भोवेल नेपाल भ्रमणमा आएका छन्। पूर्वनिर्धारित कार्यक्रमअनुसार उनी भुटान हुँदै ड्रुक एयरको उडानमार्फत…
पुरानो खानेपानी मुहान सुकेपछि मावि च्युरामा खानेपानी अभाव बिधार्थी मर्कामा

पुरानो खानेपानी मुहान सुकेपछि मावि च्युरामा खानेपानी अभाव बिधार्थी…

 फागुन,२९ सल्यान। गर्मी सिजन सुरु भएसँगै विद्यालयमा खानेपानीको चरम संकट उत्पन्न हुन थालेको छ । करिव १ हजारकाे हाराहारीमा रहेको विद्यार्थीलाई…

Leave a Reply

Your email address will not be published. Required fields are marked *