• असार ३०, २०८२
  • No Comment
  • 87

सुर्खेतमा ब्राउनसुगरसहित  १ जना पक्राउ 

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरबाट लागूऔषध (ब्राउनसुगर) सहित एक जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–११, सुब्बाकुनाबाट ३२ वर्षीय भूपेन्द्र पोखरेललाई १ ग्राम ५७० मिलिग्राम ब्राउनसुगरसहित  अाइबार साँझ प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाका अनुसार, सुब्बाकुनामा लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीको संयुक्त टोली खटाइएको थियो। टोलीले नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र.०२-००१ प. ७००६ नम्बरको मोटरसाइकललाई सुब्बाकुनामा रोकेर जाँच गरेको थियो।

“मोटरसाइकल चालक पोखरेललाई शंकास्पद अवस्थामा फेला पारी उनको शरीर खानतलासी गर्दा उक्त परिमाणको ब्राउनसुगर जस्तो देखिने गिलो पदार्थ बरामद गरिएको हो,” डीएसपी बुढथापाले भने।

प्रहरीले पोखरेललाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा राखेको छ। उनीमाथि लागूऔषधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ।

सम्बन्धित खबर

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…
ओलीलाई  नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

ओलीलाई नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

काठमाडौं — नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सहजतापूर्वक नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका छन्। पार्टीको…
सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

सुर्खेत, असोज ३१ — सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन्। वीरेन्द्रनगर–८ खजुरा स्थित ५१ वर्षिय रूद्र…

Leave a Reply

Your email address will not be published. Required fields are marked *