• असार २९, २०८२
  • No Comment
  • 122

सुर्खेतमा ९ ग्राम ब्राउनसुगरसहित जाजरकोटका युवक पक्राउ

सुर्खेत, असार २९। जिल्ला प्रहरी कार्यालय सुर्खेतले ९ ग्राम ३५० मिलिग्राम अवैध लागुऔषध (ब्राउनसुगर) सहित एक युवकलाई पक्राउ गरेको छ। जाजरकोटका २४ वर्षीय युवराज शाहीलाई वीरेन्द्रनगर नगरपालिका-११ शुब्वाकुनाबाट बुधबार राति पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, शुब्वाकुनामा लागूऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोली खटिएको थियो। प्रहरीले नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र.०२००१ ज ०६४३ नम्बरको ई.भी. गाडीलाई रोकेर जाँच गर्ने क्रममा शाही पक्राउ परेका हुन्।

सोही गाडीमा सवार शाहीको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले उनको शरीर खानतलासी गरेको थियो। खानतलासीका क्रममा उनको साथबाट ९.३५० ग्राम (नौ ग्राम तीन सय पचास मिलिग्राम) ब्राउनसुगर जस्तो देखिने गिलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा जाजरकोटको जुनिचाँदे गाउँपालिका वडा नं. २ का स्थायी बासिन्दा भई हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१२ चनौटेमा बस्दै आएका २४ वर्षीय युवराज शाही रहेको प्रहरीले  जनाएकाे छ ।

  उनीविरुद्ध लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालत सुर्खेतबाट म्याद थप गरेर थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।

सम्बन्धित खबर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…
सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

काठमाडौं– सुडानको कालोकी शहरस्थित एक बालवाडीलाई लक्षित गर्दै गरिएको ड्रोन आक्रमणमा ३३ बालबालिकासहित कम्तीमा ५० जनाको ज्यान गएको सुडान डाक्टर्स नेटवर्कले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *