• असार २७, २०८२
  • No Comment
  • 102

यू-१६ इस्टन रिजन कप विजेता टोलीलाई क्यानबाट जनही ५० हजार रुपैयाँ पुरस्कार

मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्टन रिजन कप क्रिकेट प्रतियोगिताका विजेता नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले जनही ५० हजार रुपैयाँ नगद पुरस्कार दिने भएको छ । एसीसी (एसियन क्रिकेट काउन्सिल) को आयोजनामा जुन २० देखि जुलाई ५, २०२५ सम्म सम्पन्न प्रतियोगितामा नेपाल, भुटान, इन्डोनेसिया, हङकङ, जापान, माल्दिभ्स, म्यानमार, मलेशिया, थाइल्यान्ड र सिंगापुरका यु–१६ पुरुष राष्ट्रिय टोलीले सहभागिता जनाएका थिए।

उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको नेपाली टोलीलाई क्यानले हौसला स्वरूप नगद पुरस्कार दिने निर्णय गरेको हो। क्यानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “प्रतियोगितामा सहभागी भई प्रथम स्थान हासिल गर्दै विजेता बन्न सफल नेपाली यु–१६ राष्ट्रिय टोलीमा समावेश खेलाडी तथा अफिसियलहरूलाई जनही रु. ५०,००० (पचास हजार) प्रदान गर्ने निर्णय गरिएको छ।”

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *