• असार २७, २०८२
  • No Comment
  • 82

बामदेव गौतम एकीकृत समाजवादीमा प्रवेश, साउन २ गते एकता घोषणा हुने

नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष बामदेव गौतम नेकपा (एकीकृत समाजवादी) पार्टीमा समावेश हुने भएका छन्। साउन २ गते राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष समारोहमार्फत नेकपा एकता राष्ट्रिय अभियान र एकीकृत समाजवादीबीच एकता घोषणा गरिने भएको छ। दुवै पक्षबीच भएको सहमतिपत्रमा अध्यक्ष माधवकुमार नेपाल र बामदेव गौतमले हस्ताक्षर गरेका छन्।

सहमतिमा नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने ऐतिहासिक आवश्यकता महसुस गर्दै दुवै संगठन एक हुने उल्लेख छ। पूर्व एमाले र माओवादी केन्द्रबीचको एकता सर्वोच्च अदालतबाट खारेज भएपछि गौतमले छुट्टै नेकपा एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका थिए। उनले शुरुमा नेकपा एमालेमै फर्किने प्रयास गरेका थिए, तर अध्यक्ष केपी शर्मा ओलीको अनिच्छाले उनलाई रोकिएको थियो।

अब भने गौतमले ओली नेतृत्वको एमालेबाट अलग भएर बनेको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग औपचारिक रूपमा एकता गर्ने सहमति जनाएका छन्।

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *