• असार २७, २०८२
  • No Comment
  • 163

बामदेव गौतम एकीकृत समाजवादीमा प्रवेश, साउन २ गते एकता घोषणा हुने

नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष बामदेव गौतम नेकपा (एकीकृत समाजवादी) पार्टीमा समावेश हुने भएका छन्। साउन २ गते राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष समारोहमार्फत नेकपा एकता राष्ट्रिय अभियान र एकीकृत समाजवादीबीच एकता घोषणा गरिने भएको छ। दुवै पक्षबीच भएको सहमतिपत्रमा अध्यक्ष माधवकुमार नेपाल र बामदेव गौतमले हस्ताक्षर गरेका छन्।

सहमतिमा नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने ऐतिहासिक आवश्यकता महसुस गर्दै दुवै संगठन एक हुने उल्लेख छ। पूर्व एमाले र माओवादी केन्द्रबीचको एकता सर्वोच्च अदालतबाट खारेज भएपछि गौतमले छुट्टै नेकपा एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका थिए। उनले शुरुमा नेकपा एमालेमै फर्किने प्रयास गरेका थिए, तर अध्यक्ष केपी शर्मा ओलीको अनिच्छाले उनलाई रोकिएको थियो।

अब भने गौतमले ओली नेतृत्वको एमालेबाट अलग भएर बनेको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग औपचारिक रूपमा एकता गर्ने सहमति जनाएका छन्।

सम्बन्धित खबर

पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन शिलान्यास

पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन…

 सुर्खेत। पञ्चपुरी नगरपालिका वडा नं. ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको नयाँ प्रशासनिक भवन निर्माण कार्यको शिलान्यास गरिएको छ। कर्णाली प्रदेश…
सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ हिनामिना आरोप, ५ जनाविरुद्ध मुद्दा

सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ…

सुर्खेत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिका तत्कालीन सदस्य सचिवसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका…
सुर्खेतमा ब्राउनसुगर, नगद र सुनचाँदीसहित दुई जना पक्राउ

सुर्खेतमा ब्राउनसुगर, नगद र सुनचाँदीसहित दुई जना पक्राउ

सुर्खेत, २९ वैशाख । वीरेन्द्रनगरबाट  लागुऔषध ब्राउनसुगर, स्रोत नखुलेको नगद तथा सुनचाँदीका गहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *