• असार २६, २०८२
  • No Comment
  • 221

एनपीएल आयोजना तयारीमा ध्यान दिन राष्ट्रिय खेलकुद परिषद्लाई प्रधानमन्त्री ओलीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई नेशनल प्रिमियर लिग (एनपीएल) को आयोजनाको तयारीमा ध्यान दिन आग्रह गरेका छन्। राखेपले सादोबाटोमा निर्माण गरेको ‘नेशनल हाई पर्फमेन्स सेन्टर एण्ड स्पोर्टस् साइन्स रिसर्च सेन्टर’ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले खेल क्षेत्रमा राजनीतिक हस्तक्षेप नगर्न सबैलाई चेतावनी दिए।

उनले एनपीएलको दोस्रो संस्करण सफल बनाउन ‘टिम स्पिरिट’ को भावना आवश्यक रहेको बताए। प्रधानमन्त्री ओलीले स्पेन भ्रमणका क्रममा रियल म्याड्रिडको रंगशाला अवलोकन गरेको उल्लेख गर्दै दशरथ रंगशालाको सीमित क्षमताका कारण भक्तपुरको सूर्यविनायकमा ५० हजार दर्शक क्षमताको नयाँ रंगशाला निर्माण गरिने घोषणा गरे। उनले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति फेरबदल अब राष्ट्रिय लाजको विषय हुने भन्दै मंसिर २ देखि ९ गतेसम्म सुर्खेतमा प्रतियोगिता सम्पन्न गर्न राखेपलाई निर्देशन दिए।

सम्बन्धित खबर

पुरानो खानेपानी मुहान सुकेपछि मावि च्युरामा खानेपानी अभाव बिधार्थी मर्कामा

पुरानो खानेपानी मुहान सुकेपछि मावि च्युरामा खानेपानी अभाव बिधार्थी…

 फागुन,२९ सल्यान। गर्मी सिजन सुरु भएसँगै विद्यालयमा खानेपानीको चरम संकट उत्पन्न हुन थालेको छ । करिव १ हजारकाे हाराहारीमा रहेको विद्यार्थीलाई…
चौकुने ८ मा रहेको लालझाडी सामुदायिक वनको पहलमा सरस्वती मन्दिर निर्माण कार्य सुरु

चौकुने ८ मा रहेको लालझाडी सामुदायिक वनको पहलमा सरस्वती…

सुर्खेत। सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–८ भट्टेसरामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको परिसरमा सरस्वती मन्दिर निर्माण कार्य सुरु गरिएको छ। लालझाडी…
ग्यास अभावविरुद्धको रिटमा सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

ग्यास अभावविरुद्धको रिटमा सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

काठमाडौँ उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको अभावबारे परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सरकारका नाममा ‘कारण देखाऊ’ आदेश जारी गरेको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *