• असार २६, २०८२
  • No Comment
  • 145

एनपीएल आयोजना तयारीमा ध्यान दिन राष्ट्रिय खेलकुद परिषद्लाई प्रधानमन्त्री ओलीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई नेशनल प्रिमियर लिग (एनपीएल) को आयोजनाको तयारीमा ध्यान दिन आग्रह गरेका छन्। राखेपले सादोबाटोमा निर्माण गरेको ‘नेशनल हाई पर्फमेन्स सेन्टर एण्ड स्पोर्टस् साइन्स रिसर्च सेन्टर’ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले खेल क्षेत्रमा राजनीतिक हस्तक्षेप नगर्न सबैलाई चेतावनी दिए।

उनले एनपीएलको दोस्रो संस्करण सफल बनाउन ‘टिम स्पिरिट’ को भावना आवश्यक रहेको बताए। प्रधानमन्त्री ओलीले स्पेन भ्रमणका क्रममा रियल म्याड्रिडको रंगशाला अवलोकन गरेको उल्लेख गर्दै दशरथ रंगशालाको सीमित क्षमताका कारण भक्तपुरको सूर्यविनायकमा ५० हजार दर्शक क्षमताको नयाँ रंगशाला निर्माण गरिने घोषणा गरे। उनले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति फेरबदल अब राष्ट्रिय लाजको विषय हुने भन्दै मंसिर २ देखि ९ गतेसम्म सुर्खेतमा प्रतियोगिता सम्पन्न गर्न राखेपलाई निर्देशन दिए।

सम्बन्धित खबर

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

सुर्खेत । कर्णाली प्रदेशका उद्योगले आफ्नो उत्पादन क्षमता अनुसार काम गर्न नसकेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष…
“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय बन्नुपर्छ” : मुख्यमन्त्री कडेल

“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय…

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विकास बजेटको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशसभा सदस्यदेखि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसम्म सबैको साझा…
आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात कार्यालयको अनुरोध

आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात…

सुर्खेत। प्राविधिक त्रुटिका कारण लाइसेन्सको कोटा भुलवश खुलेकोले सेवाग्राहीहरूमा भ्रम सिर्जना भएको छ। यातायात व्यवस्था कार्यालयको आधिकारिक सूचनाबिना नै अनलाइन फाराम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *