• असार २६, २०८२
  • No Comment
  • 99

सुर्खेतबाट साढे ५ किलो लागुऔषधसहित १ जना पक्राउ

सुर्खेत। सुर्खेत प्रहरीले ठूलो परिमाणको लागुऔषध (अफिम)सहित एक जनालाई पक्राउ गरेको छ। जिल्लाको भेरीगंगा नगरपालिका-१०, छिन्चु बजारबाट करिब साढे ५ किलो अफिम जस्तो देखिने पदार्थसहित जाजरकोटका एक व्यक्तिलाई नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार,  बुधबार साँझ करिब ६ बजे छिन्चु बजारमा खटिएको प्रहरी टोलीले विशेष सुराकीको आधारमा शंकास्पद रूपमा हिँडिरहेका एक व्यक्तिलाई रोकी चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा जाजरकोटको जुनिचाँदे गाउँपालिका-१०, सिर्पा निवासी ४६ वर्षीय जय बहादुर बस्नेतको साथबाट उक्त परिमाणको लागु औषध बरामद भएको हो।

प्रहरीका अनुसार बस्नेतले पछाडि भिरेको कालो रङ्गको झोलाभित्र उक्त अफिम लुकाई  ल्याएका थिए। बरामद गरिएको अफिम जस्तो देखिने पदार्थको तौल ५ किलो ५४० ग्राम रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका बस्नेतलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखी लागु औषध (नियन्त्रण) ऐन, २०३३ अनुसार थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको छ। प्रहरीले  घटनाका बारेमा थप अनुसन्धान गरिरहेकाे जनाएकाे  छ।

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *