• असार २५, २०८२
  • No Comment
  • 118

आज बजेट निकासा गर्ने अन्तिम दिन, राति १२ बजेदेखि सबै सरकारी खाता एक साताका लागि रोक्का

चालु आर्थिक वर्ष २०८१/८२ का लागि बजेट निकासा गर्न आज अन्तिम दिन हो। आज राति १२ बजेदेखि सबै सरकारी खाता एक साताका लागि बन्द गरिने भएको छ । महालेखा नियन्त्रक कार्यालय (मलेनिका) का प्रवक्ता सुशीला अर्यालका अनुसार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० बमोजिम महालेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) र जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मार्फत सञ्चालन हुने सम्पूर्ण सरकारी खाता असार २५ गते रातिदेखि रोक्का गरिनेछ ।

उनका अनुसार स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र), एकल खाता कोष प्रणाली (TSA) र कम्प्युटरकृत सरकारी लेखाप्रणाली प्रणाली (सिगास) पनि यही समयदेखि एक साताका लागि बन्द हुनेछन् । “कानुनअनुसार आर्थिक वर्ष सकिनु एक साताअगावै खाता बन्द गर्नुपर्ने व्यवस्था छ । त्यसैले अत्यावश्यक खर्च बाहेक कुनै पनि भुक्तानी गर्न पाइँदैन,” प्रवक्ता अर्यालले भनिन्। उनका अनुसार अघिल्ला वर्षहरूमा सबै निकायलाई बजेट निकासा रोक्न परिपत्र गरिँदै आएको भए पनि यस वर्ष कानुनी बाध्यताले परिपत्र आवश्यक नभएको उल्लेख गरिन् । नियमावली अनुसार ‘फ्रिज’ नहुने भनेर विनियोजन ऐनमा उल्लेखित शीर्षकहरू बाहेक अन्य कुनै पनि शीर्षकबाट खर्च गर्न पाइँदैन। अत्यावश्यक खर्चका लागि भने मलेनिकाको पूर्वस्वीकृति आवश्यक हुने व्यवस्था छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षको अन्तिम साताभन्दा अघिसम्म (मंगलबारसम्म) कुल ७९ प्रतिशत बजेट खर्च भएको छ। त्यसमा चालु खर्च ८४ प्रतिशत, पुँजीगत खर्च ५३ प्रतिशत र वित्तीय व्यवस्थासम्बन्धी खर्च ८६ प्रतिशत रहेको छ ।

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *