• असार २१, २०८२
  • No Comment
  • 127

किसमिस खाने बानीले शरीरमा ल्याउँछ चमत्कारिक परिवर्तन

 सुकेको अंगूर अर्थात् किसमिस, आकारमा सानो देखिए पनि स्वास्थ्यका लागि भने अचम्मको वरदान सावित हुँदै आएको छ। प्राचीन आयुर्वेददेखि आधुनिक विज्ञानसम्म यसलाई सुपरफूडको रूपमा मानिएको छ। दैनिक एक मुट्ठी किसमिस खाने बानीले शरीरमा थुप्रै फाइदाहरू ल्याउने विज्ञहरूको भनाइ छ।

स्वास्थ्य विशेषज्ञहरूका अनुसार किसमिसमा पाइने घुलनशील फाइबरले पाचन प्रणालीलाई दुरुस्त बनाउने गर्छ। बिहान खाली पेटमा भिजेको किसमिस खानाले पेट सफा हुन्छ र कब्जियतको समस्या हट्छ।

रक्तअल्पता भएका व्यक्तिहरूका लागि किसमिस प्राकृतिक औषधि जस्तै हो। यसमा प्रशस्त मात्रामा आइरन र तामाको मात्रा पाइन्छ, जसले रातो रक्तकोष बनाउने कार्यमा सहयोग पुर्‍याउँछ। साथै, यसमा भएको क्याल्सियमले हड्डी बलियो बनाउने काम गर्छ, जुन महिला र वृद्धवर्गका लागि विशेष लाभदायक मानिन्छ।

मुटुको स्वास्थ्यका लागि समेत किसमिस उत्तिकै उपयोगी छ। यसमा रहेका पोटासियम र फाइबरले कोलेस्ट्रोल नियन्त्रणमा राख्दै हृदयघात र उच्च रक्तचापको जोखिम कम गर्ने गर्दछ।

किसमिसमा रहेको एन्टिअक्सिडेन्ट र भिटामिन सी ले छालालाई चम्किलो र कपाललाई मजबुत बनाउँछ। दैनिक किसमिस सेवनले समयभन्दा पहिला चाउरी पर्नबाट जोगाउँछ।

यति मात्र होइन, यसमा प्राकृतिक चिनीको मात्रा उच्च हुने भएकाले किसमिस ऊर्जा दिनेको उत्कृष्ट स्रोत पनि हो। दिनभर थकित महसुस गर्नेहरूले बिहान भिजेको किसमिस खाँदा शरीरमा ताजगी महसुस हुने गर्छ।

कसरी खाने त किसमिस ?
राति एक मुट्ठी किसमिस पानीमा भिजाएर बिहान खाली पेटमा सेवन गर्नुपर्छ। यसरी खाँदा शरीरले पोषक तत्वहरू सजिलैसँग अवशोषण गर्न सक्छ।

स्वास्थ्यप्रेमीहरूका लागि यो सानो देखिने सुकेको फल दैनिक आहारमा समावेश गर्नुपर्ने अत्यावश्यक वस्तु हो। अबदेखि नै तपाईं पनि आफ्नो दिनको सुरुवात किसमिसबाट गर्न थाल्नुस् – फाइदाहरू आफैं महसुस गर्नुहुनेछ।

सम्बन्धित खबर

सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

काठमाडौं– सुडानको कालोकी शहरस्थित एक बालवाडीलाई लक्षित गर्दै गरिएको ड्रोन आक्रमणमा ३३ बालबालिकासहित कम्तीमा ५० जनाको ज्यान गएको सुडान डाक्टर्स नेटवर्कले…
रेडक्रसको एम्बुलेन्स गाँजा ओसारपसारमा प्रयोग

रेडक्रसको एम्बुलेन्स गाँजा ओसारपसारमा प्रयोग

सर्लाही– बिरामी बोक्ने उद्देश्यले प्रयोग गरिने एम्बुलेन्समै गाँजा ओसारपसार भइरहेको तथ्य सर्लाहीमा पक्राउ परेका एक एम्बुलेन्ससहित सार्वजनिक भएको छ। प्रहरीको विशेष…
भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

काठमाडौँ– भारतको गोवा राज्यस्थित अर्पोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा शनिबार राति सिलिन्डर पड्किएर भीषण आगलागी हुँदा २३ जनाको ज्यान गएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *