नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यप्रगति प्रतिवेदन पार्टी सभापति शेरबहादुर देउवालाई बुझाएका छन्।
सोमबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा खड्काले आफू नेतृत्वमा रहेको प्रतिष्ठानको २०७९ असारदेखि २०८२ भदौ १५ गतेसम्मको कार्यप्रगति समेटिएको प्रतिवेदन सभापति देउवालाई हस्तान्तरण गरेका हुन्। प्रतिवेदन बुझाउनु अघि खड्काले बैठकमै प्रतिवेदन प्रस्तुत गरेका थिए।
सभापति देउवाले २०७९ असार १० गते खड्कालाई प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा नियुक्त गरेका थिए। कांग्रेसको विधान अनुसार प्रतिष्ठानको प्रमुख उपसभापतिमध्येबाट चयन गरिन्छ। हाल कांग्रेसमा दुई उपसभापति खड्का र धनराज गुरुङ रहेका छन्।
कांग्रेसको संशोधित विधान २०१७ को धारा ३६ अनुसार गठन गरिएको प्रतिष्ठानले नीति निर्माण, अनुसन्धान र प्रशिक्षणका कामहरू गर्दछ। देशको समसामयिक राजनीतिक परिस्थितिमा पार्टीले लिने नीतिगत निर्णयहरू तय गर्न सहयोग पुर्याउने जिम्मेवारी पनि प्रतिष्ठानको हो।
प्रतिष्ठानले पार्टीले अवलम्बन गरेका नीति तथा कार्यक्रमहरूप्रति गहिरो अध्ययन अनुसन्धान गरी राष्ट्रिय हितमा आधारित नीति निर्माणमा पार्टीलाई सघाउने उद्देश्य राखेको छ।
काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
काठमाडौं– सुडानको कालोकी शहरस्थित एक बालवाडीलाई लक्षित गर्दै गरिएको ड्रोन आक्रमणमा ३३ बालबालिकासहित कम्तीमा ५० जनाको ज्यान गएको सुडान डाक्टर्स नेटवर्कले…