• असार १६, २०८२
  • No Comment
  • 86

उपसभापति ‍खड्काले बुझाए सभापतिलाई नीति प्रतिष्ठानको कार्यप्रगति प्रतिवेदन

 नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यप्रगति प्रतिवेदन पार्टी सभापति शेरबहादुर देउवालाई बुझाएका छन्।

सोमबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा खड्काले आफू नेतृत्वमा रहेको प्रतिष्ठानको २०७९ असारदेखि २०८२ भदौ १५ गतेसम्मको कार्यप्रगति समेटिएको प्रतिवेदन सभापति देउवालाई हस्तान्तरण गरेका हुन्। प्रतिवेदन बुझाउनु अघि खड्काले बैठकमै प्रतिवेदन प्रस्तुत गरेका थिए।

सभापति देउवाले २०७९ असार १० गते खड्कालाई प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा नियुक्त गरेका थिए। कांग्रेसको विधान अनुसार प्रतिष्ठानको प्रमुख उपसभापतिमध्येबाट चयन गरिन्छ। हाल कांग्रेसमा दुई उपसभापति खड्का र धनराज गुरुङ रहेका छन्।

कांग्रेसको संशोधित विधान २०१७ को धारा ३६ अनुसार गठन गरिएको प्रतिष्ठानले नीति निर्माण, अनुसन्धान र प्रशिक्षणका कामहरू गर्दछ। देशको समसामयिक राजनीतिक परिस्थितिमा पार्टीले लिने नीतिगत निर्णयहरू तय गर्न सहयोग पुर्‍याउने जिम्मेवारी पनि प्रतिष्ठानको हो।

प्रतिष्ठानले पार्टीले अवलम्बन गरेका नीति तथा कार्यक्रमहरूप्रति गहिरो अध्ययन अनुसन्धान गरी राष्ट्रिय हितमा आधारित नीति निर्माणमा पार्टीलाई सघाउने उद्देश्य राखेको छ।

सम्बन्धित खबर

जाडाे माैसममा यसरी आफ्नो ख्याल राख्नुहोस्

जाडाे माैसममा यसरी आफ्नो ख्याल राख्नुहोस्

जाडोयाम सुरु भएपछि शरीरको तापक्रम सन्तुलनमा राख्न शरीरले बढी मेहनत गर्नुपर्ने चिकित्सकहरू बताउँछन्। बाहिरी चिसोको प्रभावलाई समयमै नसम्हालिए विभिन्न स्वास्थ्य समस्या…
चौकुने गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन सम्बन्धी सहजीकरण कार्यक्रम सम्पन्न

चौकुने गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन सम्बन्धी सहजीकरण…

सुर्खेत। सुर्खेतकाे चौकुने गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन र मानवीय सहायता सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । जलवायु…
भायानेटको कनेक्टिभिटी अब क्रिकेट मैदानसम्म – चितवन राइनोजको कनेक्टिभिटी पार्टनर

भायानेटको कनेक्टिभिटी अब क्रिकेट मैदानसम्म – चितवन राइनोजको कनेक्टिभिटी…

विश्वसनीय इन्टरनेट सेवाबाट देशभरका लाखौं घर जोडिरहेको भायानेट अब स्पोर्ट्स कनेक्टिभिटीको प्रतीक बन्दै क्रिकेट मैदानमा देखिने भएको छ। लोकप्रिय इन्टरनेट सेवा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *