• असार १४, २०८२
  • No Comment
  • 87

जङ्गली च्याउ खाँदा सुर्खेतकाे गुर्भाकोटमा एकै परिवारका ५ जना बिरामी

सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिकामा जङ्गली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन्। उनीहरुलाई उपचारका लागि मेहलकुना अस्पतालमा भर्ना गरिएको छ।

गुर्भाकोट नगरपालिका–१०, डाँफेका एकै परिवारका सदस्यहरुले  शनिबार बिहान जङ्गलबाट ल्याएको च्याउ खाएपछि बिरामी परेका हुन्। बिरामी हुनेहरुमा ५४ वर्षीया भिमसरा खत्री, २८ वर्षीया शुसिला श्रीष, २७ वर्षीया जानकी पौडेल, २८ वर्षीया तारा खत्री र १३ वर्षीया शिरिष खत्री रहेकाे प्रहरीले जनाएकाे छ।

इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार, उनीहरुले शुक्रबार बिहान करिब ९:३० बजेतिर घर नजिकैको जङ्गलबाट ल्याएको नाम नखुलेको च्याउको तरकारी खाएका थिए। च्याउ खाएपछि बान्ता हुने, पेट दुख्ने जस्ता लक्षण देखिएपछि उनीहरुलाई सोही दिन साँझ ४:५५ बजे मेहलकुना अस्पतालमा पुर्याइएको थियो।

अस्पतालका अनुसार, १३ वर्षीया शिरिषको अवस्था सामान्य छ भने अन्य चार जनाको अवस्था मध्यम रहेको छ। सबै जना बोल्न सक्ने अवस्थामा रहेको र उनीहरुको उपचार भइरहेको अस्पतालमा खटिएका प्रहरी जवान गोपाल गुरुङले जानकारी दिए।  

सम्बन्धित खबर

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…
ओलीलाई  नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

ओलीलाई नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

काठमाडौं — नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सहजतापूर्वक नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका छन्। पार्टीको…
सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

सुर्खेत, असोज ३१ — सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन्। वीरेन्द्रनगर–८ खजुरा स्थित ५१ वर्षिय रूद्र…

Leave a Reply

Your email address will not be published. Required fields are marked *