• असार १३, २०८२
  • No Comment
  • 31

चौकुने गाउँपालिकामा पूर्ण खोप पालिका घोषणा कार्यक्रम सम्पन्न

चौकुने । सुर्खेतको चौकुने गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । ‘स्थानीय श्रोतको उपयोग स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ खोप समन्वय समितिले घोषणा गरेको हो । जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख तथा खोप समन्वय समितिका अध्यक्ष गंगाराम सुनारले पूर्ण खोप सुनिश्चितता घोषणा गर्नुभयो । उत्साह र उमङ्गका साथ काम गरेकोले पूर्ण खोप बनाउन सकिएको र यसलाई निरन्तरता पाउनु ठुलो विषय भएकोले आगामी दिनमा पनि अभियानकै रूपमा सञ्चालन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । कार्यक्रममा पालिकालाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र समन्वय प्रमुख गंगाराम सुनारले चौकुने गाउँपालिका अध्यक्ष ,उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत पुर्ण बहादुर बि क लाई हस्तान्तरण गर्नु भएको थियो ।

सो अवसरमा चौकुने गाउँपालिकाका अध्यक्ष खडक बिवस वासपानेले खोप सुनिश्चितता घोषण गर्न सहयोग गर्ने कर्मचारीलाई धन्यवाद दिँदै खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले.खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने बताउनुभयो । सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख ईन्द्र बहादुर जैसुरीले बताउनु भयो । , “राष्ट्रिय खोप तालिका अनुसार पालिकाका १० वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको हो ।” पालिकाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष चैत महिना नियमित खोपको घरभेट सर्वेक्षण गर्ने उमेर अनुसार खोप पाएनपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा वैशाख महिनामा खोप दिने व्यवस्था गरेको छ ।

प्रत्येक वडामा वडास्तरीय खोप समन्वय समितिले पालिकालाई बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको घोषणा कार्यक्रममा जानकारी दिनु भएको थियो । खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख हरि बहादुर पुनले जानकारी दिनुभयो । पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गर्नुअघि चौकुने गाउँपालिकाको प्रत्येक घरधुरीमा स्वास्थ्यकर्मीहरू पुगेको, पूर्ण खोप सुनिश्चितताको लागि घरधुरी सर्वेक्षण गरिएको र सर्वेक्षणको क्रममा एक मात्रा पनि खोप नलगाएको विभिन्न वडामा शुन्य खोप ४ जना अन्य छुट ५४ जनाले आशिक खोप लगाउन छुट भएको पाइएको स्वास्थ्य शाखा प्रमुख ईन्द्र बहादुर जैसरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सर्वेक्षण पश्चात् सबै बालबालिकाहरूलाई छुट खोप पूर्ण रूपमा प्रदान गर्न सफल भएको जानकारी दिनु भएको छ ।

सम्बन्धित खबर

आज साउन १५ : देशभर खीर खाएर मनाइँदै

आज साउन १५ : देशभर खीर खाएर मनाइँदै

साउन १५ — आज साउन १५ गते, देशभर खीर खाएर विशेष परम्परागत ढंगले मनाइँदैछ। नेपाली समाजमा वर्षायामका विशेष दिनहरूलाई परिकारहरू मार्फत…
कैलाश-मानसरोवर दर्शन अब नेपालबाटै: हुम्लाको लाप्चामा बन्यो भव्य पर्यटकीय पूर्वाधार

कैलाश-मानसरोवर दर्शन अब नेपालबाटै: हुम्लाको लाप्चामा बन्यो भव्य पर्यटकीय…

हुम्ला। अब पवित्र कैलाश मानसरोवरको दर्शनका लागि नेपालबाटै सहज हुने भएको छ। हुम्लाको नाम्खा गाउँपालिका–६, लिमीस्थित पाँच हजार मिटर उचाइको लाप्चा…
खरानीबाट उठ्दै सुर्खेतका व्यवसायी: आगलागीले ध्वस्त पसललाई बीमाको २ करोडको सहारा

खरानीबाट उठ्दै सुर्खेतका व्यवसायी: आगलागीले ध्वस्त पसललाई बीमाको २…

सुर्खेत। सुर्खेतमा केही महिनाअघि भएको विनाशकारी आगलागीबाट आफ्नो व्यापार-व्यवसाय गुमाएका एक व्यवसायीले बीमा रकम पाएपछि राहतको सास फेरेका छन्। आगलागीले खरानी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *