• असार ७, २०८२
  • No Comment
  • 115

वीरेन्द्रनगरद्वारा नागरिकसँग आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि सुझाव आह्वान

वीरेन्द्रनगर ।  वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति, कार्यक्रम तथा बजेट निर्माणको तयारी थालेको छ। यसै क्रममा नगरपालिकाले नगरको समग्र विकास र सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी र जनमुखी बनाउन नगरवासीसँग रचनात्मक सुझाव मागेको छ।

नगर प्रमुखको सचिवालयले एक सूचना जारी गर्दै वीरेन्द्रनगरको समृद्धि र दिगो विकासका लागि नागरिकको अर्थपूर्ण सहभागिता अपरिहार्य रहेको बताएको छ। आगामी आर्थिक वर्षमा नगरपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, कृषि, पर्यटन, रोजगारी सिर्जना, फोहरमैला व्यवस्थापन, तथा सार्वजनिक सेवा प्रवाह जस्ता कुन-कुन क्षेत्र र कार्यक्रमलाई प्राथमिकतामा राख्दा उत्तम हुन्छ भन्ने विषयमा आम नगरवासीबाट सल्लाह, सुझाव र सहयोगको अपेक्षा गरिएको सूचनामा उल्लेख छ।

नगरवासीले आफ्ना महत्वपूर्ण सुझावहरू सचिवालयको आधिकारिक फेसबुक पेजमा कमेन्ट गरेर वा नगरपालिकाद्वारा सञ्चालित ‘हेलो मेयर’ को टोल फ्री नम्बरमा फोन गरेर टिपाउन सक्नेछन्। यसका लागि नगरपालिकाले ‘हेलो मेयर’ कार्यक्रमको टोल फ्री नम्बर १८१०५०००२५२ सञ्चालनमा ल्याएको छ।

साथै, यो नम्बरमा आगामी बजेटका लागि सुझाव दिनुका अतिरिक्त नगरभित्रका विकास निर्माण र सार्वजनिक सेवा प्रवाहसम्बन्धी कुनै पनि सल्लाह, सुझाव वा गुनासोसमेत कार्यालय समयमा निःशुल्क रूपमा दर्ता गराउन सकिने नगरपालिकाले जनाएको छ।

नागरिकबाट प्राप्त भएका रचनात्मक र व्यावहारिक सुझावहरूलाई अध्ययन गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरिने नगर प्रमुखको सचिवालयले प्रतिबद्धता व्यक्त गरेको छ। यो पहलले स्थानीय सरकार र नागरिकबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै विकास प्रक्रियामा जनसहभागिता अभिवृद्धि गर्ने विश्वास लिइएको छ।

सम्बन्धित खबर

वीरेन्द्रनगरको सुरक्षा व्यवस्था सुदृढ गर्न आज त्रिपक्षीय समझदारी

वीरेन्द्रनगरको सुरक्षा व्यवस्था सुदृढ गर्न आज त्रिपक्षीय समझदारी

वीरेन्द्रनगर । वीरेन्द्रनगर नगरपालिकामा शान्ति सुरक्षा सुदृढ गर्ने उद्देश्यले आज नगरपालिका, नेपाल टेलिकम र जिल्ला प्रहरी कार्यालयबीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर…
वीरेन्द्रनगरको हटियालाइन खाली गर्न ३ महिने अल्टिमेटम, पुराना र जीर्ण पसलहरू हटाइने

वीरेन्द्रनगरको हटियालाइन खाली गर्न ३ महिने अल्टिमेटम, पुराना र…

सुर्खेत।  सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आफ्नो एउटा पुरानो र चल्तीको बजारलाई व्यवस्थित गर्ने कदम चालेको छ। नगरपालिकाको वडा नम्बर ६ मा रहेको…
वीरेन्द्रनगर–५ का वडाध्यक्ष लोकबहादुर शाहीको निधन

वीरेन्द्रनगर–५ का वडाध्यक्ष लोकबहादुर शाहीको निधन

वीरेन्द्रनगर नगरपालिका–५ का वडाध्यक्ष लोकबहादुर शाहीको निधन भएको छ। काठमाडौँस्थित वीर अस्पतालमा उपचारपछि एम्बुलेन्समार्फत सुर्खेत फर्किने क्रममा आज बिहान भेरीगंगा नगरपालिकाको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *