• असार ३, २०८२
  • No Comment
  • 127

संसद् अवरोध: सभामुखको पहलमा प्रमुख पाँच दलसँग छलफल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद् अवरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले प्रमुख पाँच दलका नेताहरूसँग छलफल सुरु गरेका छन्।

छलफलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, उपसभामुख इन्दिरा राना, एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे,

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार र राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही सहभागी छन्।

यसै क्रममा रास्वपा सांसदले निलो रिबन लगाएर संसद् प्रवेश गरेको विषयमा केही सांसदहरूले सभामुखको ध्यानाकर्षण गराएका छन्। उनीहरूले यस्तो गतिविधिलाई अमर्यादित भन्दै नियन्त्रण गर्न आग्रह गरेका थिए।

सभामुख घिमिरेले सो विषयमा गम्भीर ध्यान दिएको बताउँदै संसदीय मर्यादाभित्र बस्नु सांसद तथा दलहरूको कर्तव्य भएको टिप्पणी गरेका छन्। साथै, उनले आफू स्वनियमनको पक्षमा रहेको स्पष्ट पारेका छन्।

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *