• असार ३, २०८२
  • No Comment
  • 174

संसद् अवरोध: सभामुखको पहलमा प्रमुख पाँच दलसँग छलफल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद् अवरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले प्रमुख पाँच दलका नेताहरूसँग छलफल सुरु गरेका छन्।

छलफलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, उपसभामुख इन्दिरा राना, एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे,

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार र राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही सहभागी छन्।

यसै क्रममा रास्वपा सांसदले निलो रिबन लगाएर संसद् प्रवेश गरेको विषयमा केही सांसदहरूले सभामुखको ध्यानाकर्षण गराएका छन्। उनीहरूले यस्तो गतिविधिलाई अमर्यादित भन्दै नियन्त्रण गर्न आग्रह गरेका थिए।

सभामुख घिमिरेले सो विषयमा गम्भीर ध्यान दिएको बताउँदै संसदीय मर्यादाभित्र बस्नु सांसद तथा दलहरूको कर्तव्य भएको टिप्पणी गरेका छन्। साथै, उनले आफू स्वनियमनको पक्षमा रहेको स्पष्ट पारेका छन्।

सम्बन्धित खबर

श्रममन्त्रीको सवारी चालक आलम अपहरण आरोपमा पक्राउ

श्रममन्त्रीको सवारी चालक आलम अपहरण आरोपमा पक्राउ

काठमाडौँ । रामजी यादवका सवारी चालक मुस्तकिम आलम अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा पक्राउ परेका छन्। प्रहरीले उनलाई सोमबार पक्राउ…
५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

सुर्खेत । दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरको आरोपमा पक्राउ परेकी छन् । प्रहरीका अनुसार शाहीले दिएको करिब पाँच…
चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

सुर्खेत। चौकुने गाउँपालिका कृषि विकास शाखा ले ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउकिसानहरुलाई वितरण सुरु गरेको छ। गाउँपालिकाले धान रोपाइँ…

Leave a Reply

Your email address will not be published. Required fields are marked *