• जेष्ठ २९, २०८२
  • No Comment
  • 220

सुर्खेत — यु–१६ राष्ट्रिय क्रिकेटका उत्कृष्ट खेलाडीलाई ग्रेस इन्टरनेशनलको छात्रवृत्ति

ग्रेस इन्टरनेशनलले यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ठ प्रदर्शन गर्ने सात प्रदेशका खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। मिड भ्याली एसएस कलेज, सानोठिमी भक्तपुरको सहकार्यमा, प्रत्येक प्रदेशका एक जना खेलाडीलाई कक्षा ११ र १२ निःशुल्क अध्ययन गर्ने अवसर प्रदान गरिएको हो। वीरेन्द्रनगरमा जारी प्रतियोगितामा उत्कृष्ठ ठहरिएका खेलाडीहरू — रबिन मण्डल (कोशी), रुपेश यादव (मधेश), रोमन भट्टराई (बाग्मती), प्रकाश खनाल (गण्डकी), दक्ष ठाकुर (लुम्बिनी), कैलाश खड्का (कर्णाली) र लोकेश चन्द (सुदूरपश्चिम) लाई छात्रवृत्तिसहितको प्रमाणपत्र प्रदान गरिएको हो।

कालुङचोक क्रिकेट मैदानमा बिहीबार आयोजित एक विशेष समारोहमा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री राजकुमार शर्माले खेलाडीहरूलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए।ग्रेस इन्टरनेशनल सुर्खेतका निर्देशक विशाल ढकालका अनुसार युवा खेलाडीहरूलाई प्रोत्साहन र सम्मान गर्न यो छात्रवृत्ति कार्यक्रम सुरु गरिएको हो। कार्यक्रममा ग्रेस इन्टरनेशनलले नेपाल क्रिकेट संघ कर्णाली प्रदेशलाई क्रिकेट खेल सामग्री पनि प्रदान गरेको थियो।

सम्बन्धित खबर

चौकुने गाउँपालिका ८ कोलगाडमा इन्डक्सन चुलो वितरण कार्यक्रम सम्पन्न

चौकुने गाउँपालिका ८ कोलगाडमा इन्डक्सन चुलो वितरण कार्यक्रम सम्पन्न

७४ घरधुरी लाभान्वित अष्ट्रेलियन एड (Australian Aid) को आर्थिक सहयोग तथा समाजजागरण केन्द्र स्याक नेपाल (SOSEC Nepal) को सहजिकरणमा चौकुने गाउँपालिका…
सुर्खेतमा वैशाख १९–२० गते ‘कर्णाली युवा महोत्सव’ आयोजना हुँदै, १० उत्कृष्ट युवा सम्मानित हुने

सुर्खेतमा वैशाख १९–२० गते ‘कर्णाली युवा महोत्सव’ आयोजना हुँदै,…

सुर्खेत — “कर्णालीबाट पनि युवाहरूले केही गर्न सक्छन्” भन्ने मूल नारासहित कर्णाली युवा महोत्सवको दोस्रो संस्करण आगामी वैशाख १९ र २०…
चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता…

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास (ECD) केन्द्रमा कार्यरत सहजकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको १० दिने तालिम आज सम्पन्न भएको छ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *