• जेष्ठ २४, २०८२
  • No Comment
  • 77

भेरीगंगामा ट्रक र फोर्स गाडी ठोक्किँदा ८ घाइते

 सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिकामा यात्रुवाहक फोर्स गाडीलाई ट्रकले ठक्कर दिँदा ८ जना यात्रु घाइते भएका छन्। शनिबार साँझ नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र. ०२-००१ ख ०८५० नम्बरको फोर्स गाडीलाई विपरीत दिशाबाट आइरहेको सु.प.प्र. ०१-००१ ख २९३४ नम्बरको ट्रकले भेरीगंगा नगरपालिका–५ स्थित सडक खण्डमा ठक्कर दिएको हो।

भएको उक्त दुर्घटनामा घाइते भएका सबैलाई थप उपचारका लागि नेपालगन्ज पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।

 फोर्स गाडीमा ३८ वर्षीय चालक तेज बहादुर कार्कीसहित ११ जना सवार थिए। जसमध्ये ८ जना घाइते भएका छन् भने अन्य तीन जना सकुशल रहेका छन्।

दुर्घटनापछि ट्रक चालक फरार भएका थिए। तर बबईस्थित प्रहरी पोष्टले उनलाई नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *