• जेष्ठ २४, २०८२
  • No Comment
  • 105

भेरीगंगामा ट्रक र फोर्स गाडी ठोक्किँदा ८ घाइते

 सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिकामा यात्रुवाहक फोर्स गाडीलाई ट्रकले ठक्कर दिँदा ८ जना यात्रु घाइते भएका छन्। शनिबार साँझ नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र. ०२-००१ ख ०८५० नम्बरको फोर्स गाडीलाई विपरीत दिशाबाट आइरहेको सु.प.प्र. ०१-००१ ख २९३४ नम्बरको ट्रकले भेरीगंगा नगरपालिका–५ स्थित सडक खण्डमा ठक्कर दिएको हो।

भएको उक्त दुर्घटनामा घाइते भएका सबैलाई थप उपचारका लागि नेपालगन्ज पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।

 फोर्स गाडीमा ३८ वर्षीय चालक तेज बहादुर कार्कीसहित ११ जना सवार थिए। जसमध्ये ८ जना घाइते भएका छन् भने अन्य तीन जना सकुशल रहेका छन्।

दुर्घटनापछि ट्रक चालक फरार भएका थिए। तर बबईस्थित प्रहरी पोष्टले उनलाई नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

सम्बन्धित खबर

Decoding eCheck Casinos: A Canadian Industry Analyst’s Deep Dive

Introduction: Why eCheck Matters to Your Canadian Casino Strategy Hello, fellow industry analysts! In the dynamic world of online gambling, staying…

Freshbet: Nová Hvězda na Scéně Online Hazardu pro Zkušené…

Úvod: Proč by Zkušení Hráči Měli Věnovat Pozornost Freshbet? Pro zkušeného hráče, který se orientuje v online hazardu, je neustálé hledání…
हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

काठमाडौं — महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रबाट प्रहरीले १३८ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौं का एसपी तथा प्रवक्ता…

Leave a Reply

Your email address will not be published. Required fields are marked *