• जेष्ठ २२, २०८२
  • No Comment
  • 183

विश्व बातावरण दिवसको अवसरमा चौकुने ७ धाँमिडाँडामा वृक्षारोपण कार्यक्रम सम्पन्न

चौकुने। बिश्व बातावरण दिवसको अवसरमा चौकुने गाउँपालिका– ७ स्थित धाँमिडाँडा सामुदायिक वन क्षेत्रभित्र रहेको धाँमिडाँडा सहिद स्मृति पार्कको एरियामा बृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ ।

चौकुने गाउँपालिका वडा न ७ को आयोजना तथा धामिडाडा सामुदायिक बन उपभोक्ता समिती र लक्ष्मी सनराइज बैंक को समन्वयमा धाँमिडाँडा सामुदायिक वन भित्र रहेको धाँमिडाँडा सहिद स्मृति पार्कको एरियामा विभिन्न जातका करिब ३०० बिरुवाहरु रोपण गर्ने काम सम्पन्न भएको छ।

वन पैदावारको संरक्षण सम्बर्धनका साथै नयाँ विरुवा हरु रोप्ने काम वातावरण सन्तुलनका लागी अति महत्वपुर्ण भएको र प्राकृतिक श्रोतहरुको विनास र भौतिक तथा मानविय क्षति निर्मुल पार्न यस्ता कामहरु अति अपरिहार्य रहेको छ ।

वृक्षारोपण कार्यक्रममा चौकुने गाउँपालिका अध्यक्ष खडक बिवस वासपाने,प्रमुख प्रशासकीय अधिकृत पुर्ण बहादुर बि क ,ईलाका प्रहरी कार्यलय गुटुका प्रहरी जवान, नेपाल स- शस्त्र प्रहरी वेस क्याम्प गुटुका ईन्चार्ज बिष्णु बि सी ,बिभिन्न राजनीतिक दलका पार्टी प्रतिनिधि , जनप्रतिनिधि, कर्मचारी , पत्रकार , समाजसेवी लगायत सम्पुर्ण स्थानीय नागरिकहरुको उपस्थित रहेको थियो ।

सम्बन्धित खबर

प्रदूषण बढेसँगै किन आइरहन्छ खकार? जोगिन के गर्ने?

प्रदूषण बढेसँगै किन आइरहन्छ खकार? जोगिन के गर्ने?

काठमाडौं । पछिल्लो समय वायु प्रदूषण बढेसँगै धेरै मानिसमा घाँटी खसखस हुने, चिलाउने, बारम्बार खकार निकाल्न मन लाग्ने तथा खोकी लागिरहने…
कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण सुरू हुँदै

कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण सुरू हुँदै

सुर्खेत, जेठ १५ — बालिका, किशोरी तथा महिलामाथि हुने लैङ्गिक विभेद, बालविवाह, छाउपडी कुप्रथा, घरेलु हिंसा, यौन दुव्र्यवहार तथा मानव बेचबिखनजस्ता…
चौकुने गाउँपालिका वडा न. ९ र १० को घाटगाऊँ बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु वडा अध्यक्ष र प्रहरीको रोहवरमा नष्ट

चौकुने गाउँपालिका वडा न. ९ र १० को घाटगाऊँ…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा घाटगाउँको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…

Leave a Reply

Your email address will not be published. Required fields are marked *