- जेष्ठ १४, २०८३
- No Comment
- 5
सुर्खेतमा टिप्परको ठक्करबाट २३ वर्षीय युवकको मृत्यु

सुर्खेत, १३ जेठ । सुर्खेतको भेरीगंगा नगरपालिकामा टिप्परको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।
भेरीगंगा नगरपालिका–२ कालपानीस्थित भित्री सडकखण्डमा गुडिरहेको टिप्परले ठक्कर दिँदा स्थानीय २३ वर्षीय कमल वलीको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कालपानी खोलाबाट सत्तरीतर्फ जाँदै गरेको क.प्र. ०२–००१ ख. ०६४७ नम्बरको टिप्परले राति करिब ८ बजे पैदलयात्री वलीलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका वलीलाई उनका बुवा दल बहादुर वलीले उद्धार गरी उपचारका लागि कर्णाली प्रदेश अस्पताल, कालागाउँ सुर्खेत पुर्याएका थिए। अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार मृतकको शव राति १०ः४० बजे सोही अस्पतालको शवगृहमा राखिएको छ।
घटनापछि खटिएको प्रहरी टोलीले ठक्कर दिने टिप्पर र चालक वीरेन्द्रनगर नगरपालिका–१० निवासी ५२ वर्षीय मान बहादुर चौधरीलाई सत्तरीबाट नियन्त्रणमा लिएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



