• जेष्ठ १४, २०८३
  • No Comment
  • 4

आजदेखि लगातार चार दिन बिदा, अस्पताल खुल्ला रहने 

काठमाडौं, जेठ १४ । आजदेखि लगातार चार दिन सरकारी कार्यालय बन्द रहने भएका छन्। सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इदका अवसरमा आज सार्वजनिक बिदा दिएको हो।

गृह मन्त्रालय ले शुक्रबार विज्ञप्ति जारी गर्दै बकर इदको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको थियो।

त्यस्तै, भोलि जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा सार्वजनिक बिदा परेको छ भने जेठ १६ गते शनिबार र १७ गते आइतबार साप्ताहिक बिदा परेकाले लगातार चार दिन सार्वजनिक बिदा परेको हो।

यसबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले सार्वजनिक बिदाका दिन पनि सरकारी अस्पतालहरूको ओपीडी सेवा आंशिक रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ।

यद्यपि, कतिपय अस्पतालहरूले जनशक्ति व्यवस्थापन तथा प्रशासनिक कठिनाइका कारण पूर्ण रूपमा सेवा सञ्चालन गर्न नसकिने बताएका छन्।

सम्बन्धित खबर

सुर्खेतमा टिप्परको ठक्करबाट २३ वर्षीय युवकको मृत्यु

सुर्खेतमा टिप्परको ठक्करबाट २३ वर्षीय युवकको मृत्यु

सुर्खेत, १३ जेठ । सुर्खेतको भेरीगंगा नगरपालिकामा टिप्परको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ। भेरीगंगा नगरपालिका–२ कालपानीस्थित भित्री सडकखण्डमा गुडिरहेको…
काभा महिला भलिबलको सेमिफाइनलमा आज नेपाल र इरान भिड्दै

काभा महिला भलिबलको सेमिफाइनलमा आज नेपाल र इरान भिड्दै

काठमाडौंमा जारी काभा महिला भलिबल च्याम्पियनसिप अन्तर्गत आज हुने सेमिफाइनल खेलमा नेपालले इरानको सामना गर्ने भएको छ। नेपाल र इरानबीचको खेल…
जेनजी आन्दोलन हिंसात्मक बन्नुमा सुधन गुरुङको मुख्य भूमिका रहेको आयोगको निष्कर्ष

जेनजी आन्दोलन हिंसात्मक बन्नुमा सुधन गुरुङको मुख्य भूमिका रहेको…

राष्ट्रिय मानव अधिकार आयोग ले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन हिंसात्मक बन्नुमा ‘हामी नेपाल’ संस्थाका अध्यक्ष सुधन गुरुङ…

Leave a Reply

Your email address will not be published. Required fields are marked *