• जेष्ठ २१, २०८२
  • No Comment
  • 71

बजेटले राष्ट्रिय आवश्यकता सम्बोधन गर्न सकेको छैन उपाध्यक्ष श्रेष्ठ

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि विनियोजन गरेको बजेटले राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न नसकेको आरोप लगाएका छन् बुधबार राष्ट्रियसभाको बैठकमा आर्थिक वर्ष २०८२–८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा श्रेष्ठले बजेट सन्तोषजनक नरहेको टिप्पणी गरेका हुन् । सामाजिक न्यायसहितको फड्कोलाई सम्बोधन गर्ने गरी बजेट आउन नसकेको उनको आरोप छ । ’बजेटले राष्ट्रिय आवश्यकतलाई सम्बोधन गर्न सकेको छैन, आगामी आर्थिक वर्षको बजेट दृढ सोचबिनाको आजको आवश्यकतालाई सम्बोधन गर्न नसकेको प्रशासनिक वित्तिय बजेट मात्रै हो । यो काम चलाउ बजेट हो,’ उनले भने, ’राजनीतिक, आर्थिक, वित्तिय दस्तावेदको आवश्यकताका आधारमा बजेट आउनुपथ्र्यो, तर आएन ।

अनि बजेटमा नयाँ सम्भावनाको खोजी गरिएन, तसर्थ यो काम चलाउन प्रशासनिक बजेट भएकाले अहिलेको आवश्यकतालाई सम्बोधन गर्न सक्दैन । अपेक्षाअनुसारको बजेट हुन नसकेका कारण अहिले जनतामा निराशा पैदा भएको उनको आरोप छ । सांसद श्रेष्ठका अनुसार सुशासन, समृद्धि र सामाजिक न्याय कार्यान्वयन हुने गरी बजेट आएको छैन । ’विनियोजित बजेटले संविधानको मूल मर्म र भावनालाई समेट्न सकेको छैन । बजारवादलाई प्रक्षपोषण गर्ने गरी बजेट आएको छ,’ उनले भने, ’आत्मनिर्भर अर्थतन्त्र विकासका लागि आशा गर्न सक्ने किसिमको बजेट आउन सकेको छैन । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पुँजीगत खर्च कार्यान्वयनको क्षमता वृद्धि गर्नुपर्ने र खराब कर्जाको स्थिति सुधारमा ध्यान जानुपर्नेमा जोड दिएका छन् ।

सम्बन्धित खबर

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…
भारतको राजस्थानमा चलिरहेको बसमा भीषण आगलागीः २० भन्दा बढी यात्रुको मृत्यु, धेरै घाइते

भारतको राजस्थानमा चलिरहेको बसमा भीषण आगलागीः २० भन्दा बढी…

राजस्थानको जैसलमेरमा हिजो बेलुका चलिरहेको एसी बसमा लागेको भीषण आगलागीमा २० भन्दा बढी यात्रुको मृत्यु भएको खबर आएको छ। बसमा सवार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *