• जेष्ठ २१, २०८२
  • No Comment
  • 123

बजेटले राष्ट्रिय आवश्यकता सम्बोधन गर्न सकेको छैन उपाध्यक्ष श्रेष्ठ

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि विनियोजन गरेको बजेटले राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न नसकेको आरोप लगाएका छन् बुधबार राष्ट्रियसभाको बैठकमा आर्थिक वर्ष २०८२–८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा श्रेष्ठले बजेट सन्तोषजनक नरहेको टिप्पणी गरेका हुन् । सामाजिक न्यायसहितको फड्कोलाई सम्बोधन गर्ने गरी बजेट आउन नसकेको उनको आरोप छ । ’बजेटले राष्ट्रिय आवश्यकतलाई सम्बोधन गर्न सकेको छैन, आगामी आर्थिक वर्षको बजेट दृढ सोचबिनाको आजको आवश्यकतालाई सम्बोधन गर्न नसकेको प्रशासनिक वित्तिय बजेट मात्रै हो । यो काम चलाउ बजेट हो,’ उनले भने, ’राजनीतिक, आर्थिक, वित्तिय दस्तावेदको आवश्यकताका आधारमा बजेट आउनुपथ्र्यो, तर आएन ।

अनि बजेटमा नयाँ सम्भावनाको खोजी गरिएन, तसर्थ यो काम चलाउन प्रशासनिक बजेट भएकाले अहिलेको आवश्यकतालाई सम्बोधन गर्न सक्दैन । अपेक्षाअनुसारको बजेट हुन नसकेका कारण अहिले जनतामा निराशा पैदा भएको उनको आरोप छ । सांसद श्रेष्ठका अनुसार सुशासन, समृद्धि र सामाजिक न्याय कार्यान्वयन हुने गरी बजेट आएको छैन । ’विनियोजित बजेटले संविधानको मूल मर्म र भावनालाई समेट्न सकेको छैन । बजारवादलाई प्रक्षपोषण गर्ने गरी बजेट आएको छ,’ उनले भने, ’आत्मनिर्भर अर्थतन्त्र विकासका लागि आशा गर्न सक्ने किसिमको बजेट आउन सकेको छैन । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पुँजीगत खर्च कार्यान्वयनको क्षमता वृद्धि गर्नुपर्ने र खराब कर्जाको स्थिति सुधारमा ध्यान जानुपर्नेमा जोड दिएका छन् ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *