• जेष्ठ १३, २०८२
  • No Comment
  • 170

बिरेन्द्रनगरमा परमेश्वरको मण्डलीद्वारा ‘प्लास्टिक फुटप्रिन्ट मेटाउने’ अभियान सञ्चालन

सुर्खेत । विश्व वातावरण दिवस (जुन ५) र विश्व महासागर दिवस (जुन ८) को अवसरमा परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले बिरेन्द्रनगरमा विशेष सरसफाइ अभियान सञ्चालन गरेको छ। ‘प्लास्टिक फुटप्रिन्ट मेटाउने’ उद्देश्यले गरिएको उक्त कार्यक्रममा करिब १०० जना स्वयंसेवकको सक्रिय सहभागिता रहेको थियो।

बिरेन्द्रनगर नगरपालिका वडा नं. ४ र ६ स्थित खोर्के खोलाको रातो पुलदेखि एरी चोक पुलसम्मको क्षेत्रलाई सरसफाइ अभियानको मुख्य केन्द्र बनाइएको थियो। स्वयंसेवकहरूले चुरोटको ठुटा, प्लास्टिकका कप, बिस्कुट तथा चाउचाउका खोल, सिसा, कागज, बोतललगायतको फोहोर संकलन गरी २०० भन्दा बढी झोला भरिएको र झन्डै २ हजार किलो फोहोर व्यवस्थापन गरिएको  बताएको छ।

कार्यक्रममा बिरेन्द्रनगर वडा नं. ४ का वडा अध्यक्ष शेर बहादुर के.सी. ले सहभागीहरूलाई धन्यवाद दिँदै सरसफाइलाई मानवताको पहिचानको रूपमा व्याख्या गरे। “परमेश्वरको मण्डलीले समाजलाई असल नमूना देखाएको छ,” उनले भने। वडा नं. ४ र ६ का तर्फबाट फोहोर व्यवस्थापनका लागि सवारी साधनसमेत उपलब्ध गराइएको थियो।

परमेश्वरको मण्डलीका प्रतिनिधिहरूले पृथ्वीलाई स्वच्छ राख्नको लागि हरेक नागरिकले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्। एक अधिकारीले भने, “यो एउटा सानो प्रयास भए पनि यसले ठूलो प्रभाव पार्नेछ। सहभागी स्वयंसेवकहरू मात्र होइन, हेर्नेहरूले पनि वातावरण संरक्षणप्रति सजगता बढाउनेछन्।”

स्वयंसेवक सागर बिकले पहिलोपटक यस्ता अभियानमा सहभागी हुन पाउँदा खुशी लागेको बताए। अर्की स्वयंसेवक विष्णा थापा मगरले पहिले आफूले ‘हामीले मात्रै गरेर के हुन्छ र?’ भन्ने सोचेको तर अहिले निरन्तर सहभागी भइरहेकी बताइन्।

नेपालमा मात्र होइन, विश्वका १७५ राष्ट्रमा फैलिएको परमेश्वरको मण्डलीले वातावरण सरसफाइ, रक्तदान, भूकम्प राहत, वृद्धाश्रम सहयोग, नर्सिङ होम भ्रमणजस्ता सामाजिक कल्याणका अभियानहरू सञ्चालन गर्दै आएको छ। नेपालमा मात्रै हालसम्म ९४१ वटा कार्यक्रममार्फत ५४,१५३ जनाले सहभागिता जनाइसकेका छन्।

यस मण्डलीले अमेरिका, कोरिया, बेलायत, ब्राजिल, पेरु लगायतका देशहरूबाट पाँच हजारभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेको छ। नेपालमा पनि बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, बुढानीलकण्ठ नगरपालिका, नेपाल रेडक्रसजस्ता संस्थाहरूबाट कदरपत्र पाइसकेको छ।

‘प्लास्टिक फुटप्रिन्ट’ अभियानमार्फत वातावरण संरक्षणका लागि मण्डलीको यो प्रयासले जनस्तरसम्म स्वच्छता र सचेतनाको सन्देश पुर्‍याउने विश्वास लिइएको सहभागीले बताएका छन ।

सम्बन्धित खबर

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

सुर्खेत । कर्णाली प्रदेशका उद्योगले आफ्नो उत्पादन क्षमता अनुसार काम गर्न नसकेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष…
“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय बन्नुपर्छ” : मुख्यमन्त्री कडेल

“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय…

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विकास बजेटको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशसभा सदस्यदेखि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसम्म सबैको साझा…
आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात कार्यालयको अनुरोध

आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात…

सुर्खेत। प्राविधिक त्रुटिका कारण लाइसेन्सको कोटा भुलवश खुलेकोले सेवाग्राहीहरूमा भ्रम सिर्जना भएको छ। यातायात व्यवस्था कार्यालयको आधिकारिक सूचनाबिना नै अनलाइन फाराम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *