• जेष्ठ १०, २०८२
  • No Comment
  • 117

युवा स-शक्तिकरणको दुर्ब्यसनी सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

चौकुने। चौकुने गाउँपालिका वार्ड नं ८ स्थित सयुक्त समाज सुधार युवा क्लबले लागू औसध तथा दुर्ब्यसनी सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।वडा नं ८ को वडा कार्यलयको सभाहलमा सञ्चालन भएको कार्यक्रममा करिब ८० जना बिद्यार्थीहरु सहभागी रहेका थिए । चौकुनेको पछिल्लो गतिविधि हेर्दा खेरी,यहाँको प्रमुख समस्या भौतिक निर्माण मात्र नभएर यहाँका युवाहरु चौकुनेका सम्पत्ति हुन ।

यहाँका बालबालिका चौकुनेका भविष्य हुन,जसलाई जोगाएर राम्रो बाटो देखाउनु पनि एउटा दर्बिलो बिकास हो । यहाँका युवा तथा बालबालिकाहरु कुलतमा फसिरहँदा ,लागू औषध सेवन गरिरहँदा चौकुनेमा मात्र नभएर भोलिको समग्र देशलाई नकारात्मक असर पार्न सक्दछ ।’ लागू औषध अहिलेको युवापिढीमा प्रमुख समस्या भएको समुहका अध्यक्ष पुर्ण प्रसाद देबकोटाले बताउनु भएको छ कार्यक्रमलाई चौकुने गाउँपालिका शिक्षा शाखा प्रमुख टेकेन्द्र बुढा , प्रदेश अस्पताल सुर्खेतका क्लिनिक साईकोलोजिष्ट पुर्ण बहादुर रावत , ईलाका प्रहरी कार्यलय गुटुका इन्चार्ज अनिल कुमार शाही र गुटु स्वास्थ्य चौकीका प्रमुख गगन पाण्डेले सहजीकरण गर्नु भएको थियो ।

चौकुने गाउँपालिका वडा नं ८को वडा कार्यलयको आर्थिक सहयोगमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा वडा न ८ का वडाअध्यक्ष कमल जि सी रहनु भएको थियो भने वडा सदस्य मान बहादुर श्रेष्ठ ,ने रा मा.बि. भट्टेसराका प्रधानाध्यापक मोहन प्रसाद पौडेल र क्लिनिक साईकोलोजिष्ट पुर्ण बहादुर रावतले आतिथ्यता ग्रहण गर्नु भएको थियो । समुहका अध्यक्ष पुर्ण प्रसाद देवकोटाको संयोजनमा भएको कार्यक्रमलाई आधारभुत स्वास्थ्य सेवाकेन्द्र साल्मका प्रमुख बिरेन्द्र बयकले सञ्चालन गर्नु भएको थियो ।

सम्बन्धित खबर

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…
ओलीलाई  नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

ओलीलाई नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

काठमाडौं — नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सहजतापूर्वक नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका छन्। पार्टीको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *