• बैशाख ३१, २०८२
  • No Comment
  • 95

चौकुने ५ काे मायातालमा देउडा सांस्कृतिक जोगाउ महाअभियान कार्यक्रम सम्पन्न

चौकुने। चौकुने गाउँपालिका वडा नम्बर ५ मायातालमा देउडा सांस्कृतिक जोगाउने महा- अभियान कार्यक्रम सम्पन्न भएको छ।देउडा संस्कृति जोगाउने महाअभियान आयाेजित कार्यक्रममा देउडा गायीका दानकला नेपाली र देउडा गायक रण बहादुर भण्डारी,रतन देवकोटा लगायतका अन्य देउडा गायक बिच घम्साघम्सी देउडा खेल भएको वडा अध्यक्ष तुलाराम हिस्की मगरले जानकारी दिनुभयो ।स्थानीय कला,संस्कृतिको जगेर्ना र कलाकारको संरक्षणको लागि वडा सरकारले यस्ता सांस्कृतिक कार्यक्रमलाई प्राथमिकतामा राखेको वडा अध्यक्ष तुलाराम हिस्की मगरले बताउनुभयो ।

कर्णालीको देउडा लोक संस्कृतिको रूपमा रहेको छ । देउडा खेल यहाँका हरेक ज्येष्ठ नागरिकदेखि युवा र बालबालिकामा समेत उत्तिकै मन पर्ने सांस्कृतिक रूपमा लिइन्छ ।कर्णालीमा देउडाको विशेष महत्त्व रहेको छ । छोराको छैटी, व्रतबन्ध, विवाहदेखि देवताका पूजापाठसम्म देउडा दोहोरी खेल्ने प्रचलन रहेको छ ।देउडा यहाँको सांस्कृतिक कार्यक्रमको पहिलो प्रस्तुति र दर्शकहरूको पहिलो रोजाइमा पर्दछ।पछिल्लो पुस्तामा आएर देउडा खेल्ने संस्कृति लोप हुन लागेको भन्दै प्रमुख अतिथि नर बहादुर बान्तोलाले यस्ता पुराना संस्कृतिको जगेर्ना गर्न पालिका सरकार प्रतीबद्ध रहेकाे बताउनुभयो । सांस्कृतिक जोगाउँ अभियान चौकुनेकी अध्यक्ष हजुरादेबि थापाको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथिमा चौकुने गाउँपालिका उपाध्यक्ष नर बहादुर बान्तोला रहनु भएको थियो ।

यस्तै विशिष्ट अतिथिमा चौकुने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पुर्ण बहादुर बि क , वडा नं.५ का वडा अध्यक्ष तुलाराम हिस्की मगर ,कार्य पालिका सदस्य कमला बि क , जनजागृत मा बि तोश्रा बिध्यालय ब्यबस्थापन समिति अध्यक्ष धन बहादुर पुलामी लगायत स्थानीय नागरिक सहित देउडा प्रेमीकाे सहभागीता रहेकाे थियोे । भने कार्यक्रम संचालन चौकुने सांस्कृतिक समाजका सचिव यज्ञ प्रसाद ढकाल र महावीर सिंह थापाले गर्नु भएको थियो

सम्बन्धित खबर

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…
ओलीलाई  नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

ओलीलाई नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

काठमाडौं — नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सहजतापूर्वक नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका छन्। पार्टीको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *