• बैशाख २४, २०८२
  • No Comment
  • 193

भारत-पाकिस्तान तनाव : ३६ जनाको मृत्यु, ७८ घाइते

मंगलबार मध्यरातमा भएको ‘अप्रेशन सिन्दूर’ पछि सीमा क्षेत्र एलओसीमा भारत र पाकिस्तानबीच भएको पछिल्लो सीमापार गोलीबारी र हवाई आक्रमणले दुवै पक्षमा ठूलो जनधनको क्षति भएको छ ।

एक शीर्ष भारतीय सैन्य अधिकारीले बीबीसीलाई भारतको पुछ जिल्लामा पाकिस्तानी गोलीबारीबाट १० सर्वसाधारणको मृत्यु भएको जानकारी दिएका छन् । सो आक्रमणमा ३२ जना घाइते भएका छन् ।
उता, पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतीय हवाई आक्रमण र गोलीबारीमा पाकिस्तान र

पाकिस्तान–प्रशासित कश्मीरमा २६ सर्वसाधारणको मृत्यु भएको जानकारी दिएका छन् । उनका अनुसार ४६ जना घाइते भएका छन् ।

पछिल्लो जानकारीअनुसार दुवै पक्षले एकअर्कालाई दोषारोपण गरिरहेका छन् । सीमामा सैन्य गतिविधि तीव्र पारिएको छ ।  अन्तर्राष्ट्रिय समुदायले तनाव कम गर्न आह्वान गरेको छ ।

तर हालसम्म कुनै ठोस वार्ताको पहल भएको छैन । यो घटनाले आणविक शक्ति सम्पन्न दुई देशबिचको तनावले दक्षिण एसिया क्षेत्र थप अस्थिर रहने देखिएको छ ।

सम्बन्धित खबर

बिहान यी खानेकुरा खाँदा दिनभरि ऊर्जा, स्वास्थ्यमा पनि फाइदा

बिहान यी खानेकुरा खाँदा दिनभरि ऊर्जा, स्वास्थ्यमा पनि फाइदा

काठमाडौं । दिनको सुरुवात राम्रो भए सम्पूर्ण दिन सकारात्मक र ऊर्जावान बन्ने विश्वास गरिन्छ। तर, व्यस्त जीवनशैली र असन्तुलित खानपानका कारण…
चौकुने गाउँपालिका वडा न ८ को साझाहलमा संस्थागत पालिका स्तरीय समन्वयात्मक बैठक सम्पन्न

चौकुने गाउँपालिका वडा न ८ को साझाहलमा संस्थागत पालिका…

सुर्खेत। चौकुने गाउँपालिकामा सामुदायिक सशक्तिकरण र समग्र विकासलाई टेवा पुर्‍याउने उद्देश्यले संस्थागत पालिका स्तरीय समन्वयात्मक बैठक सम्पन्न भएको छ। स्याक नेपालको…
बिचौलियाको प्रभावबाट सचेत रहन रवि लामिछानेको आग्रह

बिचौलियाको प्रभावबाट सचेत रहन रवि लामिछानेको आग्रह

 काठमाडाैं। रवि लामिछानेले देशमा बिचौलियाहरूको प्रभाव बढ्दो रहेको भन्दै उनीहरूसँग कुनै पनि साँठगाँठ गर्नुअघि सहिदका परिवारको त्याग सम्झिन आग्रह गरेका छन्।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *