• चैत्र ४, २०८२
  • No Comment
  • 1

बिचौलियाको प्रभावबाट सचेत रहन रवि लामिछानेको आग्रह

 काठमाडाैं। रवि लामिछानेले देशमा बिचौलियाहरूको प्रभाव बढ्दो रहेको भन्दै उनीहरूसँग कुनै पनि साँठगाँठ गर्नुअघि सहिदका परिवारको त्याग सम्झिन आग्रह गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अभिमुखिकरण कार्यक्रममा बोल्दै सभापति लामिछानेले राजनीतिमा छोटो समयमै आफूले विभिन्न शक्ति समूहका गतिविधि नजिकबाट देख्ने अवसर पाएको बताए। उनले सरकार गठन भएलगत्तै त्यसलाई असफल बनाउने उद्देश्यले विभिन्न समूहहरू सक्रिय हुने गरेको दाबी गरेका छन।

लामिछानेका अनुसार जनताबाट प्राप्त जनमतलाई विभाजित गर्ने प्रयास निरन्तर भइरहेको छ। उनले समाचार र सूचनाका पछाडि लुकेका गलत नियतहरू चिन्न आवश्यक रहेको उल्लेख गर्दै यस्ता प्रभाव र प्रलोभनबाट टाढा रहन सबैलाई सचेत गराए।

कार्यक्रममा उनले स्वच्छ राजनीति र जनताको विश्वास जोगाउन सबै पार्टी कार्यकर्ताले उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिएका थिए।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ८ को साझाहलमा संस्थागत पालिका स्तरीय समन्वयात्मक बैठक सम्पन्न

चौकुने गाउँपालिका वडा न ८ को साझाहलमा संस्थागत पालिका…

सुर्खेत। चौकुने गाउँपालिकामा सामुदायिक सशक्तिकरण र समग्र विकासलाई टेवा पुर्‍याउने उद्देश्यले संस्थागत पालिका स्तरीय समन्वयात्मक बैठक सम्पन्न भएको छ। स्याक नेपालको…
बाजुराकी सुत्केरीलाई हेलिकप्टरबाट उद्धार गरी सुर्खेत ल्याइयो

बाजुराकी सुत्केरीलाई हेलिकप्टरबाट उद्धार गरी सुर्खेत ल्याइयो

सुर्खेत — बाजुराबाट एक सुत्केरी महिलालाई जटिल स्वास्थ्य अवस्थाका कारण हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत ल्याइएको छ। बडीमालिका गाउँपालिका की २१ वर्षीया…
आज घोडेजात्रा पर्व : काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

आज घोडेजात्रा पर्व : काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

काठमाडौँ – आज घोडेजात्रा पर्व काठमाडौँ उपत्यकाभर धुमधामका साथ मनाइँदैछ। हरेक वर्ष चैत कृष्ण औँसीका दिन मनाइने यस पर्वका अवसरमा सरकारले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *