• बैशाख २४, २०८२
  • No Comment
  • 152

भारत-पाकिस्तान तनाव : ३६ जनाको मृत्यु, ७८ घाइते

मंगलबार मध्यरातमा भएको ‘अप्रेशन सिन्दूर’ पछि सीमा क्षेत्र एलओसीमा भारत र पाकिस्तानबीच भएको पछिल्लो सीमापार गोलीबारी र हवाई आक्रमणले दुवै पक्षमा ठूलो जनधनको क्षति भएको छ ।

एक शीर्ष भारतीय सैन्य अधिकारीले बीबीसीलाई भारतको पुछ जिल्लामा पाकिस्तानी गोलीबारीबाट १० सर्वसाधारणको मृत्यु भएको जानकारी दिएका छन् । सो आक्रमणमा ३२ जना घाइते भएका छन् ।
उता, पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतीय हवाई आक्रमण र गोलीबारीमा पाकिस्तान र

पाकिस्तान–प्रशासित कश्मीरमा २६ सर्वसाधारणको मृत्यु भएको जानकारी दिएका छन् । उनका अनुसार ४६ जना घाइते भएका छन् ।

पछिल्लो जानकारीअनुसार दुवै पक्षले एकअर्कालाई दोषारोपण गरिरहेका छन् । सीमामा सैन्य गतिविधि तीव्र पारिएको छ ।  अन्तर्राष्ट्रिय समुदायले तनाव कम गर्न आह्वान गरेको छ ।

तर हालसम्म कुनै ठोस वार्ताको पहल भएको छैन । यो घटनाले आणविक शक्ति सम्पन्न दुई देशबिचको तनावले दक्षिण एसिया क्षेत्र थप अस्थिर रहने देखिएको छ ।

सम्बन्धित खबर

जाडाे माैसममा यसरी आफ्नो ख्याल राख्नुहोस्

जाडाे माैसममा यसरी आफ्नो ख्याल राख्नुहोस्

जाडोयाम सुरु भएपछि शरीरको तापक्रम सन्तुलनमा राख्न शरीरले बढी मेहनत गर्नुपर्ने चिकित्सकहरू बताउँछन्। बाहिरी चिसोको प्रभावलाई समयमै नसम्हालिए विभिन्न स्वास्थ्य समस्या…
चौकुने गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन सम्बन्धी सहजीकरण कार्यक्रम सम्पन्न

चौकुने गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन सम्बन्धी सहजीकरण…

सुर्खेत। सुर्खेतकाे चौकुने गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन र मानवीय सहायता सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । जलवायु…
भायानेटको कनेक्टिभिटी अब क्रिकेट मैदानसम्म – चितवन राइनोजको कनेक्टिभिटी पार्टनर

भायानेटको कनेक्टिभिटी अब क्रिकेट मैदानसम्म – चितवन राइनोजको कनेक्टिभिटी…

विश्वसनीय इन्टरनेट सेवाबाट देशभरका लाखौं घर जोडिरहेको भायानेट अब स्पोर्ट्स कनेक्टिभिटीको प्रतीक बन्दै क्रिकेट मैदानमा देखिने भएको छ। लोकप्रिय इन्टरनेट सेवा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *