बाजुराकी सुत्केरीलाई हेलिकप्टरबाट उद्धार गरी सुर्खेत ल्याइयो
सुर्खेत — बाजुराबाट एक सुत्केरी महिलालाई जटिल स्वास्थ्य अवस्थाका कारण हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत ल्याइएको छ।
बडीमालिका गाउँपालिका की २१ वर्षीया सरता रोकायालाई अत्यधिक रक्तस्राव भएपछि थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल ल्याइएको हो।
मंगलबार राति सुत्केरी भएकी रोकायाको अवस्था गम्भीर बनेपछि चिकित्सकको सल्लाहअनुसार सुविधायुक्त अस्पतालमा रिफर गरिएको डोरेन्द्र निरौला ले जानकारी दिए।
उनका अनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकप्टरबाट उद्धार गरी उनलाई सुर्खेत ल्याइएको हो।
हाल अस्पतालमा उनको उपचार भइरहेको छ भने स्वास्थ्य अवस्थाबारे चिकित्सकहरूले निगरानी गरिरहेका छन्।
थप विवरण अाउन बाँकि रहेकाे छ ।