- चैत्र ४, २०८२
- No Comment
- 6
चौकुने गाउँपालिका वडा न ८ को साझाहलमा संस्थागत पालिका स्तरीय समन्वयात्मक बैठक सम्पन्न
सुर्खेत। चौकुने गाउँपालिकामा सामुदायिक सशक्तिकरण र समग्र विकासलाई टेवा पुर्याउने उद्देश्यले संस्थागत पालिका स्तरीय समन्वयात्मक बैठक सम्पन्न भएको छ। स्याक नेपालको आर्थिक सहयोगमा आयोजित उक्त कार्यक्रममा विभिन्न शाखा, वडा तथा सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो।
बैठकका सभा–अध्यक्ष खडक बिवस बासपाने रहनुभएको थियो भने विशेष अतिथिका रूपमा गाउँपालिका उपाध्यक्ष नर बहादुर बान्तोला सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा सामाजिक विकास संयोजक एंव वडा नं. ८ का वडा अध्यक्ष कमल जी.सी., वडा नं. ६ का वडा अध्यक्ष गोबिन्द थापा, वडा नं. ७ का वडा अध्यक्ष धनिराम धमाला लगायत चौकुने गाउँपालिका विभिन्न शाखाका प्रमुखहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा समाज जागरण केन्द्र स्याक नेपाल चौकुनेका संयोजक गणेश बि.क. ले कार्यक्रमको मुख्य उद्देश्य प्रस्तुत गर्दै चौकुने गाउँपालिकामा आगामी वर्षभित्र सञ्चालन गरिनुपर्ने प्राथमिकताका कार्यहरूबारे स्पष्ट पार्नुभएको थियो। उहाँले स्थानीय तह, शाखा तथा समुदायबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।
विशेष अतिथि नर बहादुर बान्तोलाले विकासका कार्यक्रमहरू प्रभावकारी बनाउन समन्वयात्मक पहल अपरिहार्य रहेको बताउँदै सबै पक्षबीच सहकार्य बढाउन आग्रह गर्नुभयो। त्यस्तै सभा–अध्यक्ष खडक बिवस बासपानेले स्थानीय स्तरमा स्याक नेपालले समुदायमा शिक्षा, स्वास्थ्य, सशक्तिकरण तथा दिगो विकासका क्षेत्रमा पुर्याएको योगदान अत्यन्त प्रशंसनीय रहेको बताउदै स्थानीय स्तरमा सीप विकास, युवाहरूलाई स्वरोजगारतर्फ उन्मुख गराउने तथा सामाजिक सचेतना सहकार्य र समन्वयबाट समुदायको समग्र विकासमा थप टेवा पुग्ने विश्वास रहेको व्यक्त गर्नुभयो। भने कार्यक्रमको सञ्चालन स्याक नेपालका सि.पी. क्षेत्रीले गर्नुभएको थियो।