• बैशाख २३, २०८२
  • No Comment
  • 252

चौकुने ८ बिशालबजारमा हेल्दी लिभिङको डाइरेक्ट सेलिङ तथा लिडरसिप डेभलपमेन्ट सम्बन्धी जानकारी

चौकुने। हेल्दी लिभिङ कम्पनी प्रालि नेपालले डाइरेक्ट सेलिङ तथा लिडरसिप डेभलपमेन्ट सम्बन्धी जानकारी दिने कार्यक्रम गरेको छ । आज प्रालि ले चौकुने गाउँपालिकाको भरीपुर्ण सहकारीको भवनमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा प्रमुख अतिथि हेल्दी नेपालका स्टार डाईरेक्टर मदन न्यौपाने ,सिल्बर डाईरेक्टर कमल आचार्य र ब्राउन्च डाईरेक्टर रमन नेपाली रहेका थिए ।

कार्यक्रममा हेल्दी लिभिङ नेपालले आफ्नै कारखाना बाट उत्पादित २ सय भन्दा बढी प्रोडक्ट, भिजिटेड र डाबर नेपाल आदिका प्रोडक्टहरूको डाइरेक्ट सेलिङ गरिने कुरा बताइएको थियो । किराना पसलबाट सामान किन्नु भन्दा डाइरेक्ट सेलिङबाट किन्दा धेरै फाइदा हुने, नक्कली भए सामान फिर्ता पाइने, पछि सामान किनेको बोनस पनि पाइने स्पीकर मदन न्यौपानेले बताउनु भएको छ । ९ वटा देशमा चलिरहेको र नेपाल मा ३ वर्ष अघि देखि चलिरहेको छ । डाइरेक्ट सेलिङमा लगानी गर्नु नपर्ने र आफ्नो खुट्टामा आफैं उभिने अवसर लिन सकिन्छ ।

सेलिङमा राम्रो गर्न सक्ने लाई कार र विदेश भ्रमण गर्ने अवसर पनि मिल्छ । यसमा लागेका मानिसहरूलाई आर्थिक स्वतन्त्रता, समयको सदुपयोग, प्राकृतिक स्वास्थ्य, व्यक्तित्व विकाश, मान सम्मान, अरुको पनि जीवन स्तर उकास्ने मौका, आर्थिक सुरक्षा, विदेश भ्रमण आदि सेवाहरू प्राप्त गर्न सकिन्छ । डाक्टर टेम्पा शेर्पा कम्पनी का प्रमुख हुनु भएको यो कम्पनी नेपालको सबै भन्दा बढी कर बुझाउने कम्पनी हो । यसको प्रधान कार्यालय काठमाडौंको बत्तीसपुतलीमा रहेको छ । यो कम्पनीको स्थापना २०७७ असार १९ मा भएको हो ।

सम्बन्धित खबर

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…
ओलीलाई  नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

ओलीलाई नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

काठमाडौं — नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सहजतापूर्वक नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका छन्। पार्टीको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *