• बैशाख ११, २०८२
  • No Comment
  • 121

सुर्खेतकाे चौकुने गाउँपालिकामा उद्योग बाणिज्य सम्बन्धि २ दिने घुम्ती शिविर संचालन

सुर्खेत। उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सुर्खेतको आयोजनामा सुर्खेतकाे चौकुने गाउँपालिकाको गुटुमा उद्योग वाणिज्य सम्बन्धि २ दिने घुम्ती शिविर सञ्चालन भएको छ । चौकुने गाउँपालिकाबाट जिल्ला सदरमुकाम बिरेन्द्रनगर जान सेवाग्राहीहरुलाई सेवा लिन जाँदा समय लाग्ने भएकाले उक्त समस्यालाई मध्यनजर गरेर जनतालाई बढी भन्दा बढी सेवा सुविधा उपलब्ध होस् भन्ने उद्धेश्यले सो घुम्ती शिविर सञ्चालन गरिएको बताईएको छ ।

सो शिविरमा उद्योग दर्ता नवीकरण लगायतका विभिन्न सेवा सुविधा उपलब्ध गराउने चौकुने गाउँपालिका उधोग बाणिज्य शाखा प्रमुख वर्षा मगरले बताउनु भयो । उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतका सातौं अधिकृत माधव प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा चौकुने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पुर्ण बहादुर बि क को प्रमुख अतिथ्यमा उद्योग तथा वाणिज्य प्रशासन सम्बन्धि २ दिने घुम्ती शिविर संचालन गरिएको हो ।

चौकुने गाउँपालिका वडा न ८ का वडा अध्यक्ष कमल जि सी , वडा न ६का वडा अध्यक्ष गोबिन्द थापा ,वडा न १ का वडा अध्यक्ष जिरक वडुवाल ,ईलाका प्रहरी कार्यलय गुटुका असई अनिल कुमार शाही ,गुटु स्वास्थ्य चौकीका प्रमुख गगनसिंह पाण्डे लगायतको उपस्थित रहेको थियो ।

सम्बन्धित खबर

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…
ओलीलाई  नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

ओलीलाई नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

काठमाडौं — नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सहजतापूर्वक नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका छन्। पार्टीको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *