• बैशाख ११, २०८२
  • No Comment
  • 192

सुर्खेतकाे चौकुने गाउँपालिकामा उद्योग बाणिज्य सम्बन्धि २ दिने घुम्ती शिविर संचालन

सुर्खेत। उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सुर्खेतको आयोजनामा सुर्खेतकाे चौकुने गाउँपालिकाको गुटुमा उद्योग वाणिज्य सम्बन्धि २ दिने घुम्ती शिविर सञ्चालन भएको छ । चौकुने गाउँपालिकाबाट जिल्ला सदरमुकाम बिरेन्द्रनगर जान सेवाग्राहीहरुलाई सेवा लिन जाँदा समय लाग्ने भएकाले उक्त समस्यालाई मध्यनजर गरेर जनतालाई बढी भन्दा बढी सेवा सुविधा उपलब्ध होस् भन्ने उद्धेश्यले सो घुम्ती शिविर सञ्चालन गरिएको बताईएको छ ।

सो शिविरमा उद्योग दर्ता नवीकरण लगायतका विभिन्न सेवा सुविधा उपलब्ध गराउने चौकुने गाउँपालिका उधोग बाणिज्य शाखा प्रमुख वर्षा मगरले बताउनु भयो । उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतका सातौं अधिकृत माधव प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा चौकुने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पुर्ण बहादुर बि क को प्रमुख अतिथ्यमा उद्योग तथा वाणिज्य प्रशासन सम्बन्धि २ दिने घुम्ती शिविर संचालन गरिएको हो ।

चौकुने गाउँपालिका वडा न ८ का वडा अध्यक्ष कमल जि सी , वडा न ६का वडा अध्यक्ष गोबिन्द थापा ,वडा न १ का वडा अध्यक्ष जिरक वडुवाल ,ईलाका प्रहरी कार्यलय गुटुका असई अनिल कुमार शाही ,गुटु स्वास्थ्य चौकीका प्रमुख गगनसिंह पाण्डे लगायतको उपस्थित रहेको थियो ।

सम्बन्धित खबर

विश्वकपका अमर कीर्तिमानतर्फ मेसीको अर्को कदम

विश्वकपका अमर कीर्तिमानतर्फ मेसीको अर्को कदम

अर्जेन्टिनाका कप्तान लियोनल मेसी फेरि एकपटक विश्व फुटबलको केन्द्रमा आएका छन्। आफ्नो जीवनको छैटौँ विश्वकप प्रतियोगितामा मैदान उत्रिएसँगै उनले अर्को ऐतिहासिक…
चौकुने गाउँपालिकामा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूलाई दुईदिने उद्यमशीलता प्रवर्द्धन कार्यक्रम संचालन

चौकुने गाउँपालिकामा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूलाई दुईदिने उद्यमशीलता प्रवर्द्धन…

सुर्खेत। चौकुने गाउँपालिकाको रोजगार सेवा केन्द्रको आयोजनामा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूलाई लक्षित गरी उद्यमशीलता प्रवर्द्धन दुई दिने कार्यक्रम संचालन भएको छ।…
चौकुने गाउँपालिकामा मेलमिलापकर्ताको क्षमता विकास तालिम सम्पन्न

चौकुने गाउँपालिकामा मेलमिलापकर्ताको क्षमता विकास तालिम सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिकाको आयोजनामा मेलमिलापकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित दुई दिने मेलमिलापकर्ताको क्षमता विकास तालिम सम्पन्न भएको छ। चौकुने गाउँपालिकाका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *