• बैशाख ७, २०८२
  • No Comment
  • 142

सुर्खेतकाे पञ्चपुरी नगरपालिकाको प्रवेशद्वारको गेट निर्माण हुन नसक्दा अलपत्र

सुर्खेत। सुर्खेतकाे  पञ्चपुरी नगरपालिका वडा न ५ मा रहेको नगरपालिकाको स्थानिय सरकार को मुख्य प्रशासनिक भवन प्रवेश द्वारको गेट निर्माण हुन नसक्दा अलपत्र अबस्थामा पुगेको छ । नगरकार्यपालिका बैठकमा गेट निर्माणका लागि भनेर ४३ लाख रकम छुट्टाएउने सहमति भएता पनि हालसम्म स्थानीय सरकारले चासो नदिएको स्थानीय समाजसेवी युवा जीवन ढुङ्गानाले बताएका छन् । स्थानीय तह निर्वाचन भएको दुई वर्ष बितिसक्दा पनि पालिकाको आफ्नै प्रवेशद्वारको गेट नबन्दा स्थानीयवासी पनि चिन्तित छन् । जतिसक्दो छिटो बजेट व्यवस्थापन गरेर पालिकाको गेट बनाउनुपर्ने स्थानियहरुको माग रहेको छ ।

गेट निर्माण नगरपालिकाले गर्नुपर्छ”, “पञ्चपुरी नगरपालिका कै प्रशासकीय कार्यालयकै अगाडिको प्रवेशद्वारलाई बजेट नहुनु दुःखद विषय हो ।” निर्वाचित प्रतिनिधि आएपछि पूर्वाधार निर्माणका कामले प्राथमिकता पाएका छन् । सडक, विद्यालय, स्वास्थ्यचौकीलगायत निर्माणाधीन अवस्थामा छन् । सामाजिक, आर्थिक विकासका लागि पनि पालिकाले बजेटमार्फत काम अघि बढाएको छ । लक्षित वर्गको क्षमता विकासमा पनि पालिकाको को प्राथमिकता छ । स्थानीय तहमा स्थानीय सरकार आइसकेपनि प्रवेशद्धार निर्माणमा कसैले चासो दिएको छैन ।

अहिलेसम्म पनि काम अधुरै अवस्थामा छ । बर्षौदेखि प्रवेशद्धार निर्माण नभएका कारण स्थानीयले सामाजिक संजाल मार्फत चौतर्फी बिरोध र आक्रोश पोख्नु स्वभाविक भएको छ । पञ्चपुरी नगरपालिकाको प्रवेशद्वार छिटोभन्दा छिटो निर्माण गर्नुपर्छ भन्दै स्थानीय बासिन्दाले स्थानीय सरकार प्रति आक्रोशित पोखिरहेका छन् ।

सम्बन्धित खबर

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…
ओलीलाई  नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

ओलीलाई नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

काठमाडौं — नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सहजतापूर्वक नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका छन्। पार्टीको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *