• बैशाख ६, २०८२
  • No Comment
  • 122

कालीकोटकाे शान्तिकोट आधारभूत विद्यालयका प्रधानाध्यापक मृत फेला 

कालीकोट। कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–४ उजेलगाउँस्थित शान्तिकोट आधारभूत विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर शाही मृत अवस्थामा फेला परेका छन्।

५४ वर्षीय शाही शुक्रबार बेलुका बेलुपाटा बजार गएका थिए। तर राति अबेरसम्म घर नफर्किएपछि परिवारले शनिबार बिहान प्रहरीलाई खबर गरेको थियो। स्थानीय र प्रहरीले संयुक्त खोजी गर्दा उनी बजार नजिकैको खोल्सामा मृत अवस्थामा भेटिएको कालीकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले जानकारी दिए।

घटनाको कारण खुल्न बाँकी रहेकाले थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

प्रदूषण बढेसँगै किन आइरहन्छ खकार? जोगिन के गर्ने?

प्रदूषण बढेसँगै किन आइरहन्छ खकार? जोगिन के गर्ने?

काठमाडौं । पछिल्लो समय वायु प्रदूषण बढेसँगै धेरै मानिसमा घाँटी खसखस हुने, चिलाउने, बारम्बार खकार निकाल्न मन लाग्ने तथा खोकी लागिरहने…
कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण सुरू हुँदै

कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण सुरू हुँदै

सुर्खेत, जेठ १५ — बालिका, किशोरी तथा महिलामाथि हुने लैङ्गिक विभेद, बालविवाह, छाउपडी कुप्रथा, घरेलु हिंसा, यौन दुव्र्यवहार तथा मानव बेचबिखनजस्ता…
चौकुने गाउँपालिका वडा न. ९ र १० को घाटगाऊँ बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु वडा अध्यक्ष र प्रहरीको रोहवरमा नष्ट

चौकुने गाउँपालिका वडा न. ९ र १० को घाटगाऊँ…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा घाटगाउँको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…

Leave a Reply

Your email address will not be published. Required fields are marked *