• बैशाख ४, २०८२
  • No Comment
  • 51

सुमना श्रेष्ठले रास्वपा सहमहामन्त्रीबाट राजीनामा दिँदै

काठमाडौं । रास्वपा सांसद सुमना श्रेष्ठले आफ्नो सहमहामन्त्री पदबाट राजीनामा दिने भएकी छन् । आज बिहीबार बस्ने रास्वपा बैठकअघि उनले सचिवालयमा यो जानकारी दिने तयारी गरेकी छन् । सुमनाले यसअघि १७ चैतमा सहमहामन्त्रीबाट राजीनामा दिन खोजेको रास्वपा निकटले पुष्टि गरेको छ । यो त्यही मिति हो, जुन दिन रवि लामिछाने पार्टी सभापतिको जिम्मेवारीमा फेरि फर्केका थिए । अहिले उनी सहकारी प्रकरणमा भैरहवा कारागारमा छन् । यही बेला सुमनाले राजीनामा घोषणा गर्दैछिन् । उनले केही बेरपछि पार्टीको आन्तरिक संवाद समूहमा यो जानकारी गराउने तयारी गरेकी छन् ।

‘एक व्यक्ति एक पदको मान्यतालाई लागु गराउन सुमनाजीले यसअघि रवि लामिछाने पार्टी सभापतिको जिम्मेवारीमा पुनः बहाली भएकै दिन सहमहामन्त्रीको राजीनामा दिने प्रस्ताव गर्नुभएको थियो,’ रास्वपा उच्च स्रोत भन्छ, ‘त्यस बेला रविजीले हाम्रो पार्टीले यसबारे मान्यता नै बनाइसकेको हुनाले सुमनाजीको कुरा सही नै भएको, तर अहिलेको समय त्यसका लागि अनुपयुक्त भएको भन्नुभएको थियो । लगत्तै रविजी फेरि हिरासत पर्नुभयो ।’ श्रेष्ठले आफ्नो राजीनामा प्रस्तावको खबर सही भएको पुष्टि गरिन् । तर विस्तृत धारणा पार्टीमै राख्ने बताएकी छन् ।

सम्बन्धित खबर

कर्णालीमा विद्यार्थीको माग: सार्वजनिक यातायातमा ४५ प्रतिशत भाडा छुट तत्काल लागू गरियोस

कर्णालीमा विद्यार्थीको माग: सार्वजनिक यातायातमा ४५ प्रतिशत भाडा छुट…

 सुर्खेत। कर्णाली प्रदेशका विभिन्न विद्यालय तथा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले सार्वजनिक यातायातमा ४५ प्रतिशत भाडा छुटको व्यवस्था तत्काल कार्यान्वयन गर्न माग गर्दै…
वीरेन्द्रनगरको एक फार्मेसीमा अवैध ट्रमाडोल बिक्री, तीन जना पक्राउ

वीरेन्द्रनगरको एक फार्मेसीमा अवैध ट्रमाडोल बिक्री, तीन जना पक्राउ

 सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ स्थित एरीचोकमा रहेको जयलक्ष्मी फार्मेसीबाट लागुऔषध ट्रमाडोलसहित तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले…
भेरीगंगाकाे बिरेडाँडाबाट अवैध सालकाे काठसहित ३ जना पक्राउ

भेरीगंगाकाे बिरेडाँडाबाट अवैध सालकाे काठसहित ३ जना पक्राउ

सुर्खेत।  सुर्खेतको भेरीगंगा नगरपालिकामा प्रहरीले चोरी पैठारी गरी ल्याउँदै गरिएको सालको काठ सहित ३ जनालार्इ  पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय छिन्चुबाट…

Leave a Reply

Your email address will not be published. Required fields are marked *