• बैशाख २, २०८२
  • No Comment
  • 75

गर्मीमा ट्यानिङ हटाउन कागतीको उपयोग गर्दा बनाउँछ अनुहार चम्किलो

काठमाडौँ । गर्मीयाम सुरु भएसँगै घामको सिधा सम्पर्कमा आउँदा छालामा ट्यानिङ र सनबर्न हुने समस्या बढ्ने गर्छ। लामो समय घाममा बिताउने व्यक्तिहरूमा छालामा कालोपन, दाग, र चायाँपन देखिन थाल्छ। यस्तो अवस्थामा धेरैजसो मानिस बजारमा पाइने डि-ट्यानिङ प्रोडक्टहरू प्रयोग गर्छन्, जुन महँगो हुनसक्छ। तर, घरमै रहेका प्राकृतिक सामग्रीहरूको सहायताले पनि ट्यानिङ हटाउन सकिन्छ।

विशेषगरी कागती, मह, बेसार र बेसनको प्रयोगले ट्यानिङ हटाउन निकै प्रभावकारी मानिन्छ। कागतीमा पाइने साइट्रिक एसिडले छालाको कालोपन हटाउँछ भने महले छालालाई प्राकृतिक रूपमा मोइस्चराइज गर्छ। यी सामग्रीहरूको संयोजनले छालालाई स्वच्छ, चम्किलो र स्वस्थ बनाउँछ।

कसरी बनाउने कागतीको घरेलु फेसप्याक?

  1. कागती र महको फेसप्याक
    एक चम्चा महमा आधा कागतीको रस मिसाएर अनुहारमा लगाउने। १५–२० मिनेटपछि चिसो पानीले धोएपछि छाला ताजा महसुस हुन्छ। यो प्रक्रिया हप्तामा ३–४ पटक दोहोर्याउँदा राम्रो परिणाम देखिन्छ।

  2. कागती, मह र बेसारको मिश्रण
    कागती र महमा एक चिम्टी बेसार मिसाएर प्रयोग गर्न सकिन्छ। बेसारमा एन्टी-एजिङ गुण हुने भएकाले यो मिश्रणले छालाको दाग र चायाँ हटाउन मद्दत गर्छ। तर, जसलाई बेसारबाट एलर्जी हुन्छ, उनीहरूले यो प्रयोग नगर्नु राम्रो।

  3. कागती, मह र बेसनको फेसप्याक
    एक चम्चा बेसन, आधा कागतीको रस र एक चम्चा मह मिसाएर पेस्ट तयार गर्नुहोस्। अनुहार र घाँटीमा लगाएर २० मिनेटपछि चिसो पानीले धुने। केही दिनसम्म नियमित प्रयोग गर्दा छालाको ट्यानिङ र दागहरूबाट छुटकारा मिल्छ।

कागती अम्लीय प्रकृतिको हुने भएकाले संवेदनशील छालामा हल्का जलन हुन सक्छ। यस्तो अवस्थामा प्रयोग रोक्नु उपयुक्त हुन्छ। सधैं प्रयोग अघि सानो भागमा टेष्ट गर्नु उत्तम हुन्छ।

गर्मीको मौसममा प्राकृतिक र घरेलु उपायहरू प्रयोग गरेर पनि तपाईं आफ्नो छालालाई स्वस्थ, उज्यालो र चम्किलो बनाउन सक्नुहुन्छ।

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *