• बैशाख २, २०८२
  • No Comment
  • 92

गर्मीमा ट्यानिङ हटाउन कागतीको उपयोग गर्दा बनाउँछ अनुहार चम्किलो

काठमाडौँ । गर्मीयाम सुरु भएसँगै घामको सिधा सम्पर्कमा आउँदा छालामा ट्यानिङ र सनबर्न हुने समस्या बढ्ने गर्छ। लामो समय घाममा बिताउने व्यक्तिहरूमा छालामा कालोपन, दाग, र चायाँपन देखिन थाल्छ। यस्तो अवस्थामा धेरैजसो मानिस बजारमा पाइने डि-ट्यानिङ प्रोडक्टहरू प्रयोग गर्छन्, जुन महँगो हुनसक्छ। तर, घरमै रहेका प्राकृतिक सामग्रीहरूको सहायताले पनि ट्यानिङ हटाउन सकिन्छ।

विशेषगरी कागती, मह, बेसार र बेसनको प्रयोगले ट्यानिङ हटाउन निकै प्रभावकारी मानिन्छ। कागतीमा पाइने साइट्रिक एसिडले छालाको कालोपन हटाउँछ भने महले छालालाई प्राकृतिक रूपमा मोइस्चराइज गर्छ। यी सामग्रीहरूको संयोजनले छालालाई स्वच्छ, चम्किलो र स्वस्थ बनाउँछ।

कसरी बनाउने कागतीको घरेलु फेसप्याक?

  1. कागती र महको फेसप्याक
    एक चम्चा महमा आधा कागतीको रस मिसाएर अनुहारमा लगाउने। १५–२० मिनेटपछि चिसो पानीले धोएपछि छाला ताजा महसुस हुन्छ। यो प्रक्रिया हप्तामा ३–४ पटक दोहोर्याउँदा राम्रो परिणाम देखिन्छ।

  2. कागती, मह र बेसारको मिश्रण
    कागती र महमा एक चिम्टी बेसार मिसाएर प्रयोग गर्न सकिन्छ। बेसारमा एन्टी-एजिङ गुण हुने भएकाले यो मिश्रणले छालाको दाग र चायाँ हटाउन मद्दत गर्छ। तर, जसलाई बेसारबाट एलर्जी हुन्छ, उनीहरूले यो प्रयोग नगर्नु राम्रो।

  3. कागती, मह र बेसनको फेसप्याक
    एक चम्चा बेसन, आधा कागतीको रस र एक चम्चा मह मिसाएर पेस्ट तयार गर्नुहोस्। अनुहार र घाँटीमा लगाएर २० मिनेटपछि चिसो पानीले धुने। केही दिनसम्म नियमित प्रयोग गर्दा छालाको ट्यानिङ र दागहरूबाट छुटकारा मिल्छ।

कागती अम्लीय प्रकृतिको हुने भएकाले संवेदनशील छालामा हल्का जलन हुन सक्छ। यस्तो अवस्थामा प्रयोग रोक्नु उपयुक्त हुन्छ। सधैं प्रयोग अघि सानो भागमा टेष्ट गर्नु उत्तम हुन्छ।

गर्मीको मौसममा प्राकृतिक र घरेलु उपायहरू प्रयोग गरेर पनि तपाईं आफ्नो छालालाई स्वस्थ, उज्यालो र चम्किलो बनाउन सक्नुहुन्छ।

सम्बन्धित खबर

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष माग

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष माग

काठमाडौं — भूमिहीन तथा सुकुम्वासीको दीर्घकालीन समस्या समाधानका लागि पहल गर्न नेपाल केन्द्रीय स्तरीय बस्ती व्यवस्थापन समितिले नेपाली कम्युनिस्ट पार्टीका संयोजक…
अछाम र बझाङमा जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ

अछाम र बझाङमा जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ

अछाम/बझाङ — जबरजस्ती करणी गरेको अभियोगमा अछाम र बझाङबाट दुई जना पक्राउ परेका छन्। अछामको ढकारी गाउँपालिका–२ बलातीबाडा कालिकास्थानका १९ वर्षीय…
पूर्वसांसद ग्लानले त्यागे माओवादी

पूर्वसांसद ग्लानले त्यागे माओवादी

मकवानपुर — बागमती प्रदेशका पूर्वसांसद ओमबहादुर ग्लानले माओवादी केन्द्रको सदस्यता त्यागेको घोषणा गरेका छन्। जनयुद्धका सहभागीसमेत रहेका ग्लानले सोमबार एक विज्ञप्ति…

Leave a Reply

Your email address will not be published. Required fields are marked *