- चैत्र २७, २०८१
- No Comment
- 139
चौकुने गाउँपालिकामा आधारभुत स्वास्थ्य सेवाकेन्द्र साल्ममा १ दिने औलोरोग सम्बन्धि कार्यक्रम

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका वडा नः ६ मा सामुदाय स्तरीय औलोरोग सम्बन्धि महिला स्वयम सेविकाहरुलाई एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । चौकुने गाउँपालिका स्वास्थ्य शाखा गुटुको आयोजनामा आधारभुत स्वास्थ्य केन्द्र वडा न ६ साल्ममा कार्यक्रम गरिएको हो ।
चौकुने गाउँपालिकाको विभिन्न ठाउँमा औलोरोगको समस्या बढी देखिन सक्ने भन्दै त्यसबाट बच्नको लागी कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य कार्यकर्ता सन्तोष सुनारले जानकारी दिनु भएको छ ।
अभिमुखिकरण कार्यक्रममा औलोरोगको बारेमा जानकारी गराउनुका साथै यो रोग लाग्नुका कारण, सर्ने तरिका, जिवनचक्र, लक्षण/चिन्ह, औलोरोगको अवस्था, उपचार विधि, र नियन्त्रण गर्ने उपाए लगाएतको बारेमा जानकारी गराइएको थियो । साल्म आधारभुत स्वास्थ्य केन्द्रका संस्थाल प्रमुख बिरेन्द्र बयकको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा स्वास्थ्यकर्मिहरु महिला स्वयंसेविका र स्थानीय लगायत विभिन्न सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो ।