• चैत्र २६, २०८१
  • No Comment
  • 160

बिहान उठ्नेबित्तिकै यी खानेकुरा खानुहोस्, मिल्नेछ दिनभरि ऊर्जा

काठमाडौं । दिनको सुरुवात कस्तो भयो भन्ने कुराले पूरै दिनको उर्जा र मूडलाई असर पार्न सक्छ। धेरै मानिसहरु बिहान उठ्नासाथ थकान महसुस गर्छन्, जुन पोषणको कमी, अनुचित खानपान वा गलत जीवनशैलीका कारण हुन सक्छ। यस्तो अवस्थामा, बिहानै केही पौष्टिक खानेकुरा सेवन गरेमा शरीरमा ऊर्जा बढेर पूरै दिन स्फूर्तिभरि बिताउन सकिन्छ।

विशेषज्ञका अनुसार, बिहान खाली पेटमा तल उल्लेखित खानेकुराहरु खानाले शरीरलाई आवश्यक ऊर्जा मात्र होइन, मानसिक सन्तुलन र शारीरिक स्वास्थ्यमा समेत फाइदा पुग्छ:

१. पिँडालु

पिँडालुमा पाइने म्याग्नेसियम, तामा र ट्रिप्टोफानले शरीरमा ‘सेरोटोनिन’ उत्पादन गर्छ, जुन खुशीको हर्मोन हो। यसले तनाव कम गर्दै दिनभर ऊर्जाशील राख्न मद्दत गर्छ। साथै, यसमा हाइपोग्लाइसेमिक गुण पनि हुन्छ, जसले रक्तमा चिनीको मात्रा सन्तुलनमा राख्न सहयोग गर्छ।

२. ओखर

ओखरमा पाइने ओमेगा–३ फ्याटी एसिड, जिंक, सेलेनियम, प्रोटिन र भिटामिन बीले शरीरको रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ। यसले मानसिक स्पष्टता बढाउनुका साथै थकान कम गर्न मद्दत गर्छ।

३. खजूर

खजूरमा पाइने प्राकृतिक चिनी, फाइबर र एन्टिअक्सिडेन्टले शरीरलाई ताजगी दिन्छ। बिहान खजूर खाँदा पाचन प्रणालीलाई सहयोग पुग्नुका साथै ऊर्जा प्राप्त हुन्छ।

४. बदाम

बदामलाई सुपरफुड मानिन्छ। यसमा पाइने भिटामिन ई, म्याग्नेसियम र एन्टिअक्सिडेन्टले हड्डी बलियो बनाउने, मूड सुधार गर्ने र रक्तसञ्चारलाई प्रवाहमा ल्याउने काम गर्छ। बिहान भिजाएको बदाम सेवन गर्नाले झनै लाभकारी मानिन्छ।

बिहानको समयमा यी खानेकुराहरुको सन्तुलित सेवनले तपाईंको दिनभरको उर्जा स्तरलाई कायम राख्न सक्छ। स्वास्थ्य राम्रो राख्न बिहानको सन्तुलित सुरुवात अत्यन्तै महत्वपूर्ण मानिन्छ।

सम्बन्धित खबर

किन नेपाल आए अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल ?

किन नेपाल आए अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल ?

काठमाडौँ — अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल जोएल बी. भोवेल नेपाल भ्रमणमा आएका छन्। पूर्वनिर्धारित कार्यक्रमअनुसार उनी भुटान हुँदै ड्रुक एयरको उडानमार्फत…
पुरानो खानेपानी मुहान सुकेपछि मावि च्युरामा खानेपानी अभाव बिधार्थी मर्कामा

पुरानो खानेपानी मुहान सुकेपछि मावि च्युरामा खानेपानी अभाव बिधार्थी…

 फागुन,२९ सल्यान। गर्मी सिजन सुरु भएसँगै विद्यालयमा खानेपानीको चरम संकट उत्पन्न हुन थालेको छ । करिव १ हजारकाे हाराहारीमा रहेको विद्यार्थीलाई…
चौकुने ८ मा रहेको लालझाडी सामुदायिक वनको पहलमा सरस्वती मन्दिर निर्माण कार्य सुरु

चौकुने ८ मा रहेको लालझाडी सामुदायिक वनको पहलमा सरस्वती…

सुर्खेत। सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–८ भट्टेसरामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको परिसरमा सरस्वती मन्दिर निर्माण कार्य सुरु गरिएको छ। लालझाडी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *