• चैत्र २५, २०८१
  • No Comment
  • 145

जाजरकोटको नलगाडमा रहेकाे अवैध अफिम खेती नष्ट

जाजरकोट। जाजरकोटको नलगाड नगरपालिका–१, खौलागाउँमा अवैध रूपमा लगाइएको अफिम खेती प्रहरीको टोलीले नष्ट गरेको छ।

आइतबार बिहान इलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको प्रहरी टोलीले करिब ६५ रोपनी क्षेत्रफलमा फैलिएको अफिम खेती फेला पारी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिनुभयो।
टोलीको कमाण्ड प्रहरी नायब निरीक्षक अर्जुन खड्काले गरेका थिए।

डिएसपी पाण्डेका अनुसार, लागूऔषध (नार्कोटिक्स) नियन्त्रणसम्बन्धी ऐनअनुसार यस्ता अवैध खेती तथा कारोबारमाथि कडा निगरानीका साथ कानुनी प्रक्रिया अगाडि बढाइने छ।

खौलागाउँमा गरिएको पहिलो चरणको कारबाहीपछि अन्य वडाहरूमा पनि अफिम खेती भएको प्रारम्भिक जानकारीका आधारमा अनुगमन सुरु गरिएको छ।

प्रहरीले स्थानीय तहसँग समन्वय गर्दै यस्ता अवैध खेती र लागूऔषधजन्य गतिविधि नियन्त्रण गर्न नियमित अनुगमन र कडा कारबाही अघि बढाइने स्पष्ट पारेको छ।

प्रहरीका अनुसार अफिमजस्ता अवैध बालीहरूले समाजमा गम्भीर सामाजिक र स्वास्थ्यसम्बन्धी असर पार्ने भएकाले यस्ता गतिविधिको अन्त्यका लागि सबै पक्षको सहयोग आवश्यक छ।

सम्बन्धित खबर

पुरानो खानेपानी मुहान सुकेपछि मावि च्युरामा खानेपानी अभाव बिधार्थी मर्कामा

पुरानो खानेपानी मुहान सुकेपछि मावि च्युरामा खानेपानी अभाव बिधार्थी…

 फागुन,२९ सल्यान। गर्मी सिजन सुरु भएसँगै विद्यालयमा खानेपानीको चरम संकट उत्पन्न हुन थालेको छ । करिव १ हजारकाे हाराहारीमा रहेको विद्यार्थीलाई…
चौकुने ८ मा रहेको लालझाडी सामुदायिक वनको पहलमा सरस्वती मन्दिर निर्माण कार्य सुरु

चौकुने ८ मा रहेको लालझाडी सामुदायिक वनको पहलमा सरस्वती…

सुर्खेत। सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–८ भट्टेसरामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको परिसरमा सरस्वती मन्दिर निर्माण कार्य सुरु गरिएको छ। लालझाडी…
ग्यास अभावविरुद्धको रिटमा सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

ग्यास अभावविरुद्धको रिटमा सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

काठमाडौँ उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको अभावबारे परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सरकारका नाममा ‘कारण देखाऊ’ आदेश जारी गरेको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *