• चैत्र २५, २०८१
  • No Comment
  • 79

जाजरकोटको नलगाडमा रहेकाे अवैध अफिम खेती नष्ट

जाजरकोट। जाजरकोटको नलगाड नगरपालिका–१, खौलागाउँमा अवैध रूपमा लगाइएको अफिम खेती प्रहरीको टोलीले नष्ट गरेको छ।

आइतबार बिहान इलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको प्रहरी टोलीले करिब ६५ रोपनी क्षेत्रफलमा फैलिएको अफिम खेती फेला पारी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिनुभयो।
टोलीको कमाण्ड प्रहरी नायब निरीक्षक अर्जुन खड्काले गरेका थिए।

डिएसपी पाण्डेका अनुसार, लागूऔषध (नार्कोटिक्स) नियन्त्रणसम्बन्धी ऐनअनुसार यस्ता अवैध खेती तथा कारोबारमाथि कडा निगरानीका साथ कानुनी प्रक्रिया अगाडि बढाइने छ।

खौलागाउँमा गरिएको पहिलो चरणको कारबाहीपछि अन्य वडाहरूमा पनि अफिम खेती भएको प्रारम्भिक जानकारीका आधारमा अनुगमन सुरु गरिएको छ।

प्रहरीले स्थानीय तहसँग समन्वय गर्दै यस्ता अवैध खेती र लागूऔषधजन्य गतिविधि नियन्त्रण गर्न नियमित अनुगमन र कडा कारबाही अघि बढाइने स्पष्ट पारेको छ।

प्रहरीका अनुसार अफिमजस्ता अवैध बालीहरूले समाजमा गम्भीर सामाजिक र स्वास्थ्यसम्बन्धी असर पार्ने भएकाले यस्ता गतिविधिको अन्त्यका लागि सबै पक्षको सहयोग आवश्यक छ।

सम्बन्धित खबर

सुर्खेतमा भन्सार छली सामान बरामद

सुर्खेतमा भन्सार छली सामान बरामद

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले भन्सार छली ल्याइएको ठूलो परिमाणको मोबाइल पार्ट्ससहितका सामान बरामद गरेको छ । शनिबार दिउँसो…
कोहलपुर–सुर्खेत १३२ केभी प्रशारणलाइन तिहारसम्म सम्पन्न गरिसक्नु : मुख्यमन्त्री कँडेल

कोहलपुर–सुर्खेत १३२ केभी प्रशारणलाइन तिहारसम्म सम्पन्न गरिसक्नु : मुख्यमन्त्री…

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निर्माणाधीन कोहलपुर–सुर्खेत १३२ केभी प्रशारणलाइन तिहारभित्रै सम्पन्न गर्ने गरी काम गर्न निर्देशन दिएका छन्…
महानगर प्रहरीको काम सिनेमा हेरेजस्तो लाग्छ : मेयर बालेन

महानगर प्रहरीको काम सिनेमा हेरेजस्तो लाग्छ : मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगर प्रहरीको काम सिनेमा हेरेजस्तो लाग्ने गरेको बताएका छन् । शनिबार (भदौ १४)…

Leave a Reply

Your email address will not be published. Required fields are marked *