• चैत्र २३, २०८१
  • No Comment
  • 191

जाजरकोटमा पुन : भुकम्प, ३ जना घाइते

जाजरकोट। जाजरकोटमा पुन :  भुकम्प गएको छ । शुक्रबार बलुका ८ बजेर ७ मिनेटमा ५.२ र ८ बजेर १० मिनेट ५.५ म्याग्निच्युडको भकुम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार कुसे गाउँपालिका–९ पैक केन्द्रविन्दु भएर छुट्टाछुट्टै भुकम्प गएको हो ।

भुकम्प आएको बेला भाग्ने क्रममा ३ जना घाइते भएका छन । घाइते हुनेमा भेरी नगरपालिका -२ रिसान निवासी ४९ वर्षीया कमला कार्की, सोही नगरपालिका- ४ निवासी ३४ वर्षीय सुरेश क्षेष्ठ, नलगाड नगरपालिका- १२ निवासी २२ वर्षीय बिरेन्द्र भण्डारी घाइते भएको जाजरकोट प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते हरुलाई जिल्ला अस्पतालमा उपचार भइरहेको छ । अासपासका अन्य जिल्लाहरूमा पनि भुकम्प धक्का महशुस गरिएकाे थियाे ।
शुक्रबार राती उक्त भुकम्पका कारण जाजरकाेटका धेरै घरहरू चर्किएका छन ।  यस अघि पनि भुकम्प आएर क्षती पुर्याएको ले जाजरकोट बासी निकै त्रसित भएका छन ।

 

सम्बन्धित खबर

पुरानो खानेपानी मुहान सुकेपछि मावि च्युरामा खानेपानी अभाव बिधार्थी मर्कामा

पुरानो खानेपानी मुहान सुकेपछि मावि च्युरामा खानेपानी अभाव बिधार्थी…

 फागुन,२९ सल्यान। गर्मी सिजन सुरु भएसँगै विद्यालयमा खानेपानीको चरम संकट उत्पन्न हुन थालेको छ । करिव १ हजारकाे हाराहारीमा रहेको विद्यार्थीलाई…
चौकुने ८ मा रहेको लालझाडी सामुदायिक वनको पहलमा सरस्वती मन्दिर निर्माण कार्य सुरु

चौकुने ८ मा रहेको लालझाडी सामुदायिक वनको पहलमा सरस्वती…

सुर्खेत। सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–८ भट्टेसरामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको परिसरमा सरस्वती मन्दिर निर्माण कार्य सुरु गरिएको छ। लालझाडी…
ग्यास अभावविरुद्धको रिटमा सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

ग्यास अभावविरुद्धको रिटमा सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

काठमाडौँ उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको अभावबारे परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सरकारका नाममा ‘कारण देखाऊ’ आदेश जारी गरेको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *