भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले थुनामा पठाउन आदेश दिएको छ।
न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीको निर्णय बदर गर्दै लामिछानेलाई थुनामा पठाउने आदेश दिएको हो।
सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा जिल्ला अदालतले लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। सो आदेशविरुद्ध पुनरावेदनपछि उच्च अदालतले उनलाई थुनामा राख्नुपर्ने निर्णय सुनाएको हो।
उक्त मुद्दाका अर्का अभियुक्त पूर्वडीआईजी छविलाल जोशीलाई थुनामा पठाउने जिल्ला अदालतको आदेशलाई भने उच्च अदालतले सदर गरेको छ।
उच्च अदालतका सूचना अधिकारी राम बहादुर कुवँरका अनुसार शुक्रबार अदालतले सो आदेश जारी गरेको हो।